हामी कृषिमा किन ?

नेपाल कृषि प्रधान देश हो । यो सबैलाई सर्वविधितै छ । कृषिमा जती मात्रामा लगानी भैरहेको सोेही अनुसार प्रतिफल प्राप्तहुन नसकेको बताईन्छ । यसको कारण के हो रु कृषि क्षेत्रमा सरकारी तथा नीजि क्षेत्रको लगानी भैरहेको सोही अनुसार प्रतिफल प्राप्त गर्न नसकेकेकै हो त ?

कृषि क्षेत्र बेरोजागररुको क्षेत्र हो, शिक्षित व्याक्तीहरु कृषक हुन नसक्दैनन् भन्ने भ्रम छ । यसलाई जरै देखि नै चिरेर कृषि क्षेत्रमा शिक्षित किसान उत्पादन गरी प्रविधिमा सुधार गर्न सकियो भने साच्चै नै कृषि क्षेत्रले आर्थिक क्षेत्रमा कायापलट हुने निश्चित छ ।

हामी कृषि क्षेत्रको संभावनाको कुरा गर्ने छौं । पत्रकारिताको माध्यमबाट कृषि क्षेत्रलाई नै विट पत्रकारिताको एउटा दरिलो खम्बाको रुपमा उभ्याउने हाम्रो प्रयास जारी रहने छ । पहिलो चरणमा किसानलाई १५/१५ दिनमा कृषि क्षेत्रमा किसानलाई आवश्यकता परेका विभिन्न प्रविधिको बारेमा जानकारी दिने हाम्रो सानो प्रयास मात्रै हो ।
अहिले पाक्षिक पत्रिकाको रुपमा सुरुवात गरेको हाम्रो यो प्रयास डिजिटल अनलाईन संस्करण www.krishipatra.com मार्फत सूचना सम्प्रेसणको एउटा दरिलो माध्यम बन्ने हाम्रो प्रयास जारी रहने छ ।

कृषि बुलेटीनको रुपमा रहेको कृषि खबर पत्रिका (कृषि पत्र पाक्षिक) लाई हामी निकट भविश्यमा साप्ताहिक सम्म पनि पुग्ने उदेश्य रहेको छ । जुन हामी एक्लैको प्रयासबाट पक्कै पनि संभव छैन । यसमा, सरकारी निकाय, कृषि विज्ञ, प्राविधिक, अग्रज पत्रकारहरु, सबै सरोकारवाला, विज्ञापनदाता लगायत विभिन्न तहका निकायहरुबाट आत्मीय सहयोगको अपेक्षा गरेका छौं ।

अन्त्यमा कृषि पत्रकार समाज प्रदेश नम्बर ५ र जिल्ला शाखा रुपन्देहीको हाम्रो यो प्रयासलाई पहिलो बर्षमा नै प्रदेश नम्बर ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले प्रदेश नम्बर ५ ले साथ दिनुभएकोको हृदय देखि नै आभार व्यक्त गर्दछौं ।

कृष्ण प्रसाद खनाल
अध्यक्ष
कृषि पत्रकार समाज प्रदेश ५ ।

© 2025 krishipatra All right reserved