लुम्बिनी प्रदेशका वरिष्ठ पशुचिकित्सक भुसालको बिदाइ

बुटवल, साउन- चार दशक लामो सरकारी सेवा पूरा गरी स्वेच्छिक अवकाश लिएका लुम्बिनी प्रदेशका वरिष्ठ पशुचिकित्सकलोकराज भुसाललाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सम्मानपूर्वक बिदाइ गरेको छ। मन्त्रालयमाआयोजित एक समारोहका बीच उनको दीर्घ सेवाको कदर गर्दै बिदाइ गरिएको हो।

भुसालले २०४४ सालदेखि नेपाल सरकारको कृषि मन्त्रालयअन्तर्गत पशु सेवा विभाग मातहतका विभिन्ननिकायमा सेवा सुरु गरेका थिए। करिब ३९ वर्षको सेवायात्रामा उनले पशु स्वास्थ्य, पशुपन्छी विकास तथाकृषकमुखी सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

oplus_2097184

नेपाल सरकारबाट समायोजन भई विगत पाँच वर्षदेखि उनि लुम्बिनी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्थातथा सहकारी मन्त्रालय तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा वरिष्ठ पशुचिकित्सकका साथै सूचनाअधिकारीको जिम्मेवारीमा कार्यरत थिए।

यस अवधिमा उनले पशुपन्छी तथा मत्स्य विकाससँग सम्बन्धित कृषक, उद्यमी, डेरी व्यवसायी तथा दुग्ध उत्पादकसहकारी संस्थाहरूलाई प्राविधिक सेवा, परामर्श सुझाव उपलब्ध गराउँदै आएका थिए।

गत असार १७ गतेदेखि स्वेच्छिक अवकाश लिनुभएका भुसालको दीर्घ अनुभव, व्यावसायिक दक्षता सेवाभावकोप्रशंसा गर्दै मन्त्रालयका पदाधिकारी तथा कर्मचारीहरूले उनको योगदानको उच्च मूल्यांकन गरेका थिए। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्रि तुलसीप्रसाद चौधरीले सम्मान पत्र प्रदान गरेका थिए।

oplus_2097152

बिगत २०४४ साल देखि  नेपाल सरकारको कृषि मन्त्रालय अन्तरगत पशुसेवा बिभग मातहतका विभिन्ननिकायहरुमा रहेर  करिब ३९ बर्ष सेवा गरि बिगत बर्ष देखि लुम्बिनि प्रदेसमा समायोजनभै आएर कृषिभुमिब्यबस्था तथा सहकारि मन्त्रालय मातहतको पशुपन्छि तथा मत्स्य बिकास निर्देसनालयमा बरिष्ठपशुचिकित्सकको  पदिय भुमिका तथा सुचना अधिकारिको पदिय जिम्मेवारीा रहेर  लुमबिनि प्रदेसको पशुपन्छितथा मत्स्य बिकासमा संलग्न कृषक  उद्धमि  डेरि ब्यबसायि  तथा  दुग्ध उत्पादक सहकारि संस्थाहरुको लागिआबस्यक प्राबिधिक सेवा सल्लाह सुझाव कृषि क्षेत्र तथा पधुपन्छि क्षेत्रको समग्र नितिगत बिकासको लागिसकारत्मक पैरवि एड्भोकेसि गर्दै यश क्षेत्तमा विशेष योहदान पुर्याउदै आउनु भएका बरिष्ठ पशुचिकित्सकलोकराज भुसालले गत असार १७ गते देखि स्वइक्षिक अवकास लिनु भएकोले  मन्त्रालयले एक समसरोह  बिच हार्दिक बिधाइ गरेको छ।

© 2026 krishipatra All right reserved