बुटव, फागुन – एक स्वास्थ्य (वान हेल्थ) अवधारणा कार्यान्वयन गर्न एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको एक स्वास्थ्य अवधारणा कार्यान्व्यन गोष्ठीमा बोल्ने बक्ताहरुले यस अवधारणालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । यस अवधारणाले जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्य बिच एक आपसमा नीति नियम कानुन र कार्यक्रमहरू निर्माण र कार्यान्वयन गरी अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्ने कुरामा उनीहरुको जोड थियो । जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई स्वस्थ र स्वच्छ राख्नको लागि मानिस, पशुपन्छी, वनस्पति र वातावरण बिचको अन्तर सम्बन्ध बाट उत्पन्न हुने रोगहरूको पहिचान गर्दै अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्न सकिने सहभागिहरुले बताएका थिए । गोष्ठीमा बोल्दै पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले हाल भइरहेका र भविष्यमा हुने मानवीय स्वास्थ्य संकटहरू मानव पशुपन्छी र वातावरणबिच बाटै उत्पन्न हुने र यस्तो महामारी मानव चिकित्साबाट मात्र नियन्त्रण गर्न नसकिने भएकोले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यबिच त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो । साथै उहांले विश्व पशु स्वास्थ्य संगठनको रिपोर्ट अनुसार करिब ६० प्रतिशत पशुपन्छीका संक्रामक रोगहरू मानिसमा सर्ने र मानिसमा सर्न सक्ने कम्तीमा ७५ प्रतिशत नयां सङ्क्रमणहरू पशुपन्छीहरूबाट उत्पत्ति हुने उहांको भनाई छ ।

। त्यस्तै मानिसमा प्रत्येक वर्ष देखिने ५ वटा नयां रोगहरूमध्ये ३ वटा पशुपन्छीबाट उत्पत्ति हुने अनुमान विश्व पशु स्वास्थ्य संगठनले गरेको भन्दै उहांले समुदायमा एक स्वास्थ्य अवधारणाको पैरवी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय कृषि आद्युनिकिकरण परियोजना भैरहवाका प्रमुख शालिकराम पौडेलले विषादीको प्रयोग र त्यसले मानव र पशुपंक्षीमा पर्ने प्रभाव बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहांले अत्याधिक विषादी कृषिबालीमा प्रयोग गर्दा यसले विरुवा, जल र जमिनमा प्रभाव पर्ने बताउनुभयो । त्यस्तै उहांले अत्याधिक विषादीको प्रयोग भएका तरकारी खादा चक्कर लाग्ने, घुमाउने, आंखा कम देख्ने, विर्सिने जस्ता रोगहरु लाग्ने उहांले बताउनुभयो ।
उहांले माटोको उर्वरासक्ति घटाउनुका साथै जीवहरु समेत मासिने भएकाले यसले मानव, बातवरणिय स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने बताउनुभयो । साथै उहांले यसको प्रभाव जलचर देखि थलचर सम्म हुने बताउनुभयो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका प्रमुख रोशनलाल चौधरीले एक स्वास्थ्य अवधारणा कार्यान्वयन गर्ने गराउने सम्बन्धमा नीति तर्जुमा, प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनुभयो । उहांले यस अवधारणाको रणनीतिक कार्यान्वयनका लागि आवश्यक स्रोत साधनको समुचित परिचालन गर्नुपर्ने समेत बताउनुभयो । कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डे, कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका निमित्त सचिव अनिल मरासिनी, बन निर्देशनालयका प्रमुख प्रभावत सापकोटा, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक श्रवणकुमारी चौधरी लगाएतले बोल्नुभएको थियो ।
















