बुटवल,
पाल्पाको तिनाउ गाउँपालिकामा गोपाल जिसी केही बर्ष विदेश पनि भोगे । गाउँमै कृषि कर्ममा लाग्ने साँचेको साथ उनी नेपाल आए । स्वदेशमा आएर उनल अहिले नमुना गाई फर्म सञ्चालन गरिरहेका छन् । वि.स. २०६८ सालमा मुनाल पशु फर्म स्थापना गरेका उनले सोही पेशाबाट सन्तुष्ट छन । स्थानिय डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापकको रुपमा रहेका गोपाल जिसीले विहान साँझको समय फर्म मा नै गाईको स्याहार सुसारमा लाग्छन् भने दिउसको समयमा उनको फर्म श्रीमती सरस्वती जिसीले हेर्दै आएकी छिन् । एक महिनमा करिव ३ लाख रुपैयाँको कारोवार हुने उनको फर्ममा २५ वटा होलिस्टन र जर्सि जातका गाई छन । जसबाट मासिक ८० देखि ९० हजार रुपैयाँ कमाउनको लागि कही जानु पर्दैन ।
सञ्चालक गोपाल जिसी भन्छन्–‘ खर्च कटाएर मासिक ८० देखि ९० हजार बच्छ, यहिबाट नै घर खर्च चलेको छ, जे हो म सन्तुष्ट छु । ’ राष्ट्रपती कृषक पुरस्कारबाट समेत सम्मामानित भैसकेका गोपाल गाउँमा नै महिनेती किसानको रुपमा पहिचान बनाएका छन् । आफुले पशु पालन गर्ने मात्रै होईन, अन्य व्याक्तिहरुलाई पनि पशुपालन सम्बन्धी तालिम वा उत्प्रेरेणा समेत थप्दै आएका छनन् ।
फर्ममा २५ वटा होलिष्टिक र जर्सी गाईहरु छन् । १५ वटा गाईहरुले नियमित दूध दिदै आएका छन् । एउटा गाईले कम्तिमा १४ देखि २२ लिटरसम्म दूध दिदै आएका छन् । परम्परागत गाई फर्मलाई उनले परिर्वतन गरी आधुनिक स्तरको बनाएका छन् । सफा गाउमा नै नमुना फर्मको रुपमा उनको फर्म समेत पटक पटक पुरस्कृत हुदै आएको छ ।

पशुपान गर्ने किसानहरुलाई समाजबाट हेर्नेदष्टिकोण अझै पनिपरिर्वतन नभएपनि विदेशको कमाई स्वदेशमा नै आर्जन गर्दा उनी सन्तुष्ट छन् । उनी भन्छन्–‘मिहिनेत नगरी कहाँको पैसा आउछ र यहाँ मिहिनेत बाट म पुर्णरुपमा सन्तुष्ट छु । ’
फर्ममा दैनिक डेढसय बढी लिटर दूध कम्तिमा ५० देखि ६० रुपैयाँसम्मका दरले विक्रि हुदै आएको छ । उन्नत जातको गाईको मूल्य ५० हजार देखि १ लाख मुल्य भन्दा बढिका छन् । जुन गाई सबैको उनले विमा गरेका छन् । विमा गरेको कारण कुनै पनि क्षती भएमा उनी ढुक्क छन् । हाल सम्म स्थानिय सरकार, प्रदेश सरकार र अन्य निकायबाट समेत सहयोग राम्रो पाएका उनले फर्मलाई अझ विस्तार गर्ने योजना बनाएका छन् । फर्मममा पालिएका गाई को संख्या वृद्धि गर्नुको साथै फर्मलाई अझ आधुनिक रुपमा विस्थार गर्ने योजना रहेको जिसीको भनाई छ । @butwaltoday















