
बुटवल, भदौ ।
कोभिड–१९ को कारण नेपालभर पुर्णरुपमा लकडाउन थियो । जसको कारण बजार गएर तरकारी किन्ने अवस्था समेत थिएन । विभिन्न स्थानमा उत्पादन भएका तरकारी बजारीकरणमा पनि समस्या थियो । तर सोही समयमा केही आँटीला महिलाहरुले भने तरकारी खेतीको सुरुवात गरे । लकडाउनकै कारण विषम परिस्थतिले उब्जाएको अवस्थालाई एउटा अवसरको रुपमा समेत परिणात गर्ने गरी उनीहरुको आँट साच्चैकी सह्राहनीय छ ।
सिद्धबाबा तरकारी उत्पादक कृषक समुह बुटवल–१२ कलुवाका १० जना महिलाहरुको काम अहिले अन्य समुह सरकारीहरुले पनि अनुशरण गर्दै जान थालेका छन । १० जना महिलाहरुले सामुहिक रुपमा तरकारी खेती तथा नर्सरी स्थापना गरी विरुवा समेत विक्रि वितरण बाट राम्रो आम्दानी गरेका छन । ८ कठ्ठा जग्गा भाडामा थप ४ कठ्ठा समुहका सदस्यहरुकै नीजी जग्गामा समुहिक तरकारी खेती भैरहेको छ ।
समुहकी अध्यक्ष सावित्रा रेग्मीका अनुसार उत्पादन भएको तरकारी विक्रिका लागि बजार जानुपर्ने अवस्था छैन । महिलाहरुले उत्पादन गरेको ताजा तरकारी वारीबाट नै टिपेर लैजान पाईने भएको कारण अधिकांस व्यवसायीहरु, उपभोक्ताहरुको उक्त स्थानमा भिड नै लाग्ने गर्दछ । समुहकी अध्यक्ष रेग्मी भन्छन्–‘हामीलाई तरकारी पु¥याउन नै मुस्कील छ, माग धेरै छ, तर उत्पादन गर्ने स्थान अभवा छ , बजारमा लगेर अहिले सम्म तरकारी बेच्नु परेको छैन । ’
पहिला देखि नै तरकारी खेती गर्दै आएका महिलाहरुले लकडाउनको अवस्थामा समुह दर्ता गरेर अझै क्रियाशिल अवस्थामा आगडी बढेकाहुन ।
‘ताजा तरकारी, टिपेर दिन्छौ, आफै टिपेर पनि लजानुहुन्छ, तरकारी विक्रि गर्न कुनै समस्या छैन, बेकेन भनेर पनि कुनै दिन भएन । ’–अध्यक्ष रेग्मीको भनाई छ ।
एउटा टनेल नर्सरीको लागि बनाएका समुहले ३ वटा तरकारी खेतीको लागि निर्माण गरेका छन । जसमा बेमौसमी तरकारी खेती गरिरहेका हुन ।
उत्पादन भएको नर्सरी विरुवा विभिन्न व्याक्तिहरुले घर घरमा लगेर करेसावारी खेती तथा कौसी खेती समेत गर्ने गरेका छन । जसको कारण आफुलाई उत्पादन हुने तरकारी आफ्नै घरमा उत्पादन गर्ने लहर समेत चलेको समुहका सदस्यहरु बताउँछन ।
बुटवलबाट व्यवसायीहरु आफै नै गाडी लगेर जाने, स सनो स्केल र अलि धेरै मात्रामा तरकारी लिन पनि व्यवसायीहरु नै खेतमा आउने भएको कारण बजार सम्म पु¥याउनको लागि आवश्यक नै नभएको समुहको भनाई छ ।
हाल समुहले तकरारीका विभिन्न प्रजातीहर, काक्रा, सिमी, बोडी, भिन्टी, भान्टा लगायत आगमी सिजनको लागि समेत टमाटर, कोभि, काक्रा, आलु लगायतका विभिन्न प्रजातीका तरकारी उत्पादन गरिरहेका छन । अघिल्लो बर्षको माघ महिना देखि सुरुवात गरेका उनीहरुले भने लकडाउनै विचमा नगरपालिकामा दर्ता गरेका हुन । सिद्धबा तरकारी उत्पादक कृषक समुहले हाल सम्म करिव ४ लाख लगानी गरेका छन । जसमा एउटा नर्सरी टनेल निर्माणमा बुटवल उपमहानरपालिका वडा नम्बर १२ को वडा कार्यालयले सहयोगगरेको छ भने कोभिड विशेष कार्यक्रम अनुसार बुटवल उपमहानरपालिका को कृषि विकास शाखाले सहयोग गरेको छ ।
लगानी अनुसारको आम्दानी पनि समुहले गर्दै आएको छ । तरकारी विक्रिबाट आएको आम्दानीलाईमा नै लागाउने, समुहमा नै मिलेर काम गर्ने गरेको समुहले जानएको छ ।
यस्तै समुहिक खेतीमा लागेको अर्को महिलाहरुको समुहको हो, उर्वरशिल महिला महिला कृषक समुह बुटवल– १३ बेलबास चोक समावेशी पथमा रुपन्देही । समुहकी अध्यक्ष मधुकला कुँवर का अनुसार ५ कठ्ठा तरकारी र नर्सरी उत्पादन गरिरहेको छ । खासगरी विषादी रहित तरकारी उत्पादन गर्नमा जोडदिने गरी आज भन्दा करिव ३महिना पहिला स्थापना भएको महिला समुहले जैविक विषादी, भिटामीनहरु समेत उत्पादन गर्दै आएको छ । यसको अलवा जैविक मल, प्रांगारिक मल समेत उत्पादन गरी विक्रि वितरण गर्ने काम गरिरहेको छ ।
समुहकी अध्यक्ष कुँवरका अनुसार नर्सरीलाई थप व्यवस्थित गर्नको लागि ३ कठ्ठा जग्गामा भाडामा लिएका छन । पहिलो चरणमा भाडामा लिएको जग्गा अप्राप्त भएको कारण थप जग्गा थपिएको उनको भनाई छ । जसमा नर्सरी निर्माण गरी विरुवा उत्पादन गर्ने, अर्गानिक तरकारी खेती गरी तरकारी उत्पादन गर्ने मुख्य उदेश्यम समुले राखेको छ । ्
९ जना महिलाहरुले स सानो रकम जम्मागरेर करिव ८० हजार रुपैयाँमा सुरुवात गरेको समुहले ५ कठ्ठा जग्गामा व्यवसायीक रुपमा नै टनेल खेती विस्तार गर्ने योजना समेत बनाएको छ ।
अहिले २ कठ्ठामा भिन्डी, भान्टा उत्पादन भैरहेको छ भने तेस्रो चरणको लागि विरुवा उत्पादन गर्ने योजना समेत बनाएका छ समुहले ।
केही समय पहिला नर्सरी निर्माणको लागि टनेल काउपकरणहरु ल्याएको भएपनि जग्गाको प्रकृति नमिलेको कारण यत्तीकै राखिएको भन्दै समुहकी अध्यक्ष कुँवरले अव भने सोही टनेललाई ३ कठ्ठा जग्गामा स्थानान्तरण गरी खेती गर्ने योजना बनाइएको जानकारी दिईन । उनले भनिन्–‘केही समय पहिला हामीले ल्याएको टनेलले उपयुक्त वातावरण भएन, यत्तीकै राखेका थियौं, अव यसका उपभोग हुन्छ । ’
समुले तरकारीको लागि विरुवा उत्पादन संगैं कम्पोष्ट मल, कम्पोष्ट विषादी, विरुवालाई चाहिने भिटामिनहरु समेत उत्पादन गर्दै आएको छ । समुहका महिलाहरुले आफै कच्चा पादर्थको खोजी गरी आर्गनिक मल समेत बनाएर विक्रि वितरण गर्दै आएका छन ।
आगामी दिनमा खसगरी सहरको करेसावारी वा कौसी खेतीमा रहेको जग्गालाई समेत पुर्णरुपमा उपयोग गरी आफुलाई घरको लागि उपभोग गर्ने तरकारी उत्पादन गर्न सकिन्छ भन्ने धारणालाई विकास गर्नको लागि मुख्य रुपमा कौसी र करेसावारी खेतीमा जोड दिने र सोही अनुसारको विरुवाहरु उत्पादन गर्ने योजना समुहले बनाएको छ ।
यता, बुटवल उपमहानगरपालिकाका कृषि विकास शाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सन्तोष जिसीले खाली रहेको जग्गा र फुर्सदको समुलाई सदुपयोगगर्ने हो भने कृषि क्षेत्रमा दैनिक उपभोगको लागि चाहिने उत्पादन घरमा नै उत्पादन गर्न सकिन्छ भन्ने उदेश्यका साथ महिलाहरुले अनुकरणीय काम गर्दै आएको बताए । पुर्ण रुपमा अर्गानिक उत्पादन को लागि महिलाहरुको सोँच उच्च रहेको भन्दै नगरपालिकाले पनि सहयोग गर्ने गरेको र आगामी दिनमा पनि सहयोग गर्दै जाने जिसीले जानकारी दिए ।
sourese: Butwal_today_daily