नयाँ दुग्ध मापदण्डले किसान-उद्योगी अलमलमा

  • दुग्ध डेरी सञ्चालन गरेका व्यवसायीहरूले व्यवसाय नै विस्तापित हुन सक्ने
  • बुटवल,  फागुन ।  विगत लामो समय देखि सञ्चालनमा आएका डेरी उद्योगीहरूलाई नयाँ नियम लागू भएको छ । जसले गर्दा दुग्ध डेरी सञ्चालन गरेका व्यवसायीहरूले व्यवसाय नै विस्तापित हुन सक्ने बताएका छन् । उनीहरूले सरकारले ल्याएको नीतिलाई आफूहरूले स्वीकार गर्ने तर व्यवसायीहरूले तत्काल पालन गर्न सक्ने अवस्था नभएको बताएका हुन् ।

    डेरी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष नेत्र प्रसाद पाठकले नयाँ नीति अनुसार अहिले सञ्चालनमा रहेका खासगरी खुल्ला पोकामा दुध विक्री गर्दै आएका व्यवसायीहरू विस्तापित हुने अवस्था आएको बताए । रूपन्देही डेरी व्यवसायीमा आवद्ध २५० जना व्यवसायीहरू र आवद्ध नभएका करिब ३ सय व्यवसायीहरू यसको प्रत्यक्ष मारमा परेको बताए ।

    दुग्धजन्य पदार्थको विषयमा नियमक गर्न बनेको नीति अनुसार दुध तथा दुग्ध पदार्थ उद्योगले पालना गर्नुपर्ने शर्तहरू उल्लेख गरी नयाँ नीति ल्याएको हो जसमा उल्लेख भए अनुसार किसानदेखि डेरी व्यवसायीहरू, उपभोक्ता, किसानहरूलाई समेत उक्त नियमले नियमक गरेको छ ।
    किसानको लागि स्वस्थ जनावरबाट स्वस्थ, हातमा घाउ चोट नभएको व्यक्तिले कल्चौंडा सफागरी दुध दुहुनु पर्ने नयाँ नियममा उल्लेख भएको छ । दुध दुहेको पछि कम्तीमा दुधको उपचार गर्नुपर्ने उल्लेख छ ।

    गोठ सफा हुनुपर्छ, दूध दुहुने भाँडो सजिलै सफा गर्न सकिने स्टेनलेस स्टिल वा अल्मुनियमको हुनुपर्छ । कम्तिमा तोकिएको विधि अपनाइ सफा गर्नुपर्छ । दुध दुहेको बढीमा २ घण्टा भित्र प्रशोधनरचिस्यान केन्द्रमा पु¥याउनु पर्नेै नयाँ मापदण्डका उल्लेख गरिएको छ ।
    यस्तै पशु आहार स्वस्थ र स्वच्छ हुनु पर्ने र दुध उत्पादनमा जिएएचपी, जिभीपी, जिएचपी नीति अवलम्बन गर्नुपर्ने हुन्छ ।
    जनावरको परिक्षण, उपचार, जनावरको पहिचान, रसायनको प्रयोग, उपकरणको सफाइ, दानाको श्रोत तथा गुणस्तर आदि सबैकुराको अद्यावधिक अभिलेख किसानले राख्नुपर्ने नयाँ मापदण्डमा उल्लेख गरिएको छ ।

    दूध संकलन केन्द्रका लागि उल्लेख गरिएको मापदण्ड अनुसार संकलन भएको दुध २ घण्टा भित्रै चिस्यान केन्द्र पुयाउन सकिने स्थानमा संकलन केन्द्र हुनुपर्ने, ढुवानीका लागि प्रयोग गरिने भाँडा स्टेनलेस स्टिल वा अल्मुनियमको ढक्कन हुनुपर्ने, बन्द हुने सफा हुनुपर्ने, रोगी पशुबाट उत्पादित, मिसावट युक्त तथा स्वाद, गुणस्तर विग्रेको, फाटेको दूध संकलनरखरिदरविक्रि वितरण गर्न नहुने उल्लेख छ ।

    चिस्यान केन्द्रका लागि मिसावट युक्त, स्वाद, गुणस्तर विग्रेको, फाटेको, विगौति दूध तथा ईन्सुलेटेड ट्याङ्कर वा स्टिल वा अल्मुनियमको भाँडादेखि बाहेकमा ल्यइएका दुध खरिद गर्न वा लिन हुँदैन । दूधको गुणस्तर, सम्भावित मिसावट परिक्षण गरेरमात्र दूध खरीद गर्नेरलिने र सो नपुगेका दूध नष्ट गरी सो को अभिलेख राख्ने गर्नुपर्ने छ ।
    नियमित सफाइको व्यवस्था, सिआईपी तथा सोका लागि आवश्यक रसायनका घोलहरू राख्ने ट्याङ्क वा सि.आई.पी. युनिटको समेत नियमित सफाई गर्नुपर्ने उल्लेख छ ।
    संकलित दूध कम्तिमा ४ डिग्री तापक्रममा ल्याई सकभर छिटो इन्सुलेटेड ट्यांकर (स्टेनलेस स्टीलबाट निर्माण भएको) वा रेफ्रिजिरेटेड ट्यांकर मा राखी दूधको तापक्रम १० डिग्री भन्दा बढी नहुने गरी उद्योगमा पुर्याउनु पर्ने छ ।

    अनुज्ञापत्र प्राप्त उद्योगले आफ्नो चिस्यान केन्द्र स्थापना गरेकोमा सो रहेको स्थान र संख्या समेतको अनुमति लिनुपर्ने उल्लेख छ । संकलित दूधको स्रोत, परिमाणगणस्तर र गुणस्तर तथा स्वच्छता तोकिए बमोजिम नभएर फिर्ता गरिएको दूधका साथै, दूध संकलन र डेलिभरी गरिएको समय, सो समयमा दूधको तापक्रम, सरसफाइ तथा सरसफाइमा प्रयोग भएको रसायनहरूको लगत आदिको अभिलेख अद्यावधिक राख्नुपर्छ ।

    सम्भावित जोखिम न्यूनीकरणका लागि पानी तथा अन्य वातावरणीय पक्षहरूको उचित व्यवस्थापन, जैविक प्रकोप तथा रासायनिक प्रदूषण नभएको स्थानमा उद्योगको स्थापना र त्यस्तो प्रकोपको नियन्त्रण, आवश्यकता अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेछ
    बमोजिम संक्रमण नहुने गरी निर्माण गर्नु पर्नेछ प्रशोधन कक्षमा उचित पंखाको ब्यवस्था, जाली लगाईएको नालीको व्यवस्था, नियमित सरसफाइ, भूईं तथा भित्तामा मर्मत संभार तथा सजिलै सफा गर्न सकिने गरी अम्ल र क्षारको असर नपर्ने उज्यालो रंगको टायल वा त्यस्तै सामाग्रीको प्रयोग हुनुपर्ने र गाह्रोको उचाई कम्तिमा ८ फिट हुनुपर्नेछ ।

    भवनको छानो ढलान गरेको वा क्यालनाईज फलाम लगायतका सजिलै सफा गर्न मिल्ने सामाग्री बाट बनेको, सिलिंगमा धुलोमैलो नजमेको तथा माकुराको जालो नलागेको र बाफ नरहने गरी वयवस्थापन गरिएको, प्रवेश ढोका सजिलै सफा गर्न मिल्ने र स्वचालित रूपमा बन्द हुने वा उपयुक्त पर्दा लगाएको ढोका, सफा गर्न मिल्ने, पर्याप्त प्रकाश छिर्ने र जाली लगाएको झ्याल, उपयुक्त स्थानमा चिम्नी वा भेन्टिलेशन आदिको व्यवस्था हुनुपर्छ, साथै प्राकृतिक वा कृत्रिम प्रकाश पर्याप्त पुग्ने हुनुपर्छ ।

    मेशिनरी औजारको दूध तथा दुग्ध पदार्थ प्रत्यक्ष सम्पर्कमा आउने भाग खिया नलाग्ने स्टिल को साथै पाईप लाईन सजिलै सफा गर्न सकिने किसिमको हुनु पर्नेछ ।
    प्रशोधन कक्ष तिर ढोका नखुल्ने, प्रशोधन तथा उत्पादन कार्यमा कुनै किसिमको संक्रमण नहुने गरी उपयुक्त स्थानमा, पर्याप्त पानी तथा हात धुने साबुनको व्यवस्था सहितको शौचालय निर्माण, लुगा फेर्ने व्यवस्था, सरसफाइको दैनिक कार्यतालिका सहितको स्पष्ट जिम्मेवारी तोकिएको र सोको अभिलेख व्यवस्थित रूपमा राखिएको हुनुपर्नेछ ।
    दूध प्राप्त गर्ने, प्रशोधन गर्ने, प्याकेजिङ्ग तथा भण्डारण कक्ष तथा कार्यालय कक्ष छुट्टा छुट्टै हुनु पर्ने । कामदारले गर्नुपर्ने र गर्न नहुने कुराहरूको सुचि बनाएर सबैले देख्ने ठाउँमा राख्नुपर्नेछ) प्रशोधनको लागि विश्व स्वास्थ्य संगठनले तोके तोके बमोजिमको गुणस्तर यक्त पानी र सरसफाइको लागि क्लोरिन उपचार गरिएको वा फिल्टर वा त्यस्तै अन्य कुनै विधि द्वारा स्वच्छ र सफा पारिएको प्रयोग गर्नुका साथै प्रशोधनमा प्रयोग हुने बरफ तथा वाफ पिउन योग्य पानीबाट बनेको हुनु पर्नेछ ।
    उद्योगमा पर्याप्त चिसो तातो पानीको ब्यवस्था, पानी भण्डारण गर्ने ट्याङ्की नियमित सरसफाइ गरी अभिलेख राख्नुका साथै उद्योग प्रयोगकालागि पानी खरिद गरी ल्याइएको भएमा सो को गुणस्तर परिक्षण गराइ अभिलेख राख्नु पर्नेछ । फोहरको उचित व्यवस्थापन गर्नुका साथै उद्योगको वरिपरि पानी जम्न नदिई व्यवस्थित ढलको व्यवस्था गर्नुपर्नेछ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख बरिष्ठ खाद्या अधिकृत हस्त बहादुर राईले मापदण्ड पुरा नभएको उद्योगी, डेरी व्यवसायीहरू किसानहरूलाई समेत जानकारी दिई मापदण्ड पुरा गर्नको लागि आग्रह गरिएको बताए । उनले यसको लगि विभिन्न सयममा छलफल तथा गोष्ठी समेत आयोजना गरिएको जानकारी दिए ।

    नेपालमा अहिले दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेको छ । जसको १५ प्रतिशत औपचारिक क्षेत्रमा, ३५ प्रतिशत अनौपचारिक क्षेत्रमा र ५० प्रतिशत किसान आफंैले खपत गर्ने गरेका छन् । प्रतिव्यक्ति वार्षिक करिब ७० लिटर उपयोग हुन्छ । नेपालमा ४ लाख ५० हजार कृषक परिवार यसमा आबद्ध छन् । २० हजारभन्दा बढीले यो क्षेत्रमा उद्योगस्तरमा रोजगारी पाएका छन् ।

    © 2025 krishipatra All right reserved