बुटवल पुस– लुम्बिनी फलफूल,तरकारी थोक बजार संघले १९ औं बार्षिक साधारणसभा तथा सातौं अधिवेशनको अवसरमा आइतबार बुटवलमा रक्तदान गरेको छ । कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले शुभारम्भ गरे। संघका अध्यक्ष बाबुराम भुसाल, कार्यक्रम संयोजक अमृत भट्टराई, महासचिव मेघराज पौडेललगायतले रक्तदानको आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए । सो अवसरमा ४३ जनाले रक्तदान गरेको संघका बरिस्ठ उपाध्यक्ष मोहमद याकुबले जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष न्यौपाने, संघका संस्थापक अध्यक्ष घनश्याम भुसाल,अध्यक्ष बाबुराम भुसाल, निवर्तमान अध्यक्ष केशव कुँवर, पुर्व अध्यक्ष वजीर शाहलगायतले रक्तदाताहरूलाई प्रसंसा पत्र बितरण गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा संघले शुक्रबार बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल बितरण गरेको थियो भने मंगलबार बुटवल स्थित तिलोत्तमा माविमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई स्कुल ब्यागसहित स्टेशनरी सामाग्री बितरण गर्ने कार्यक्रम तय भएको बरिस्ठ उपाध्यक्ष मो.याकुबले बताए ।
















