बुटवल, पुस । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा निःशुल्क च्याउका परीकार प्रदान गर्ने भएको छ । राष्ट्रिय च्याउ दिवस पुस १५ को अवसरमा बुटवल तिनकुने पानी टैंक अगाडीको स्थानमा च्याउका विभिन्न परिकार निःशुल्क रुपमा पस्कीने, सर्वसाधारणहरुलाई च्याउका परीकार को स्वाद चखाउने गरी कार्यक्रम आयोजना गरीएको च्याउ उत्पादक किसान संघ केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका ईन्चार्ज कृष्णराज पोखरेलले जानकारी दिए ।

पुस १५ गते मंगलबार दिउँसो १२ बजे देखि कार्यक्रम सुरुवात गरिने जसमा सहभागीताका लागि सर्वसाधारण र स्वादका पारखिहरुलाई निम्ता गरिएको ईन्चार्ज पोखरेलले जानकारी दिए । निःशुल्क रुपमा किसानबाट उत्पादन भएका विभिन्न च्याउका विशेष परीकारहरुको स्वादमा खुवाउने तयारी गरिएको च्याउ उत्पादक किसान संघ ले जानकाएको छ । संघका प्रदेश अध्यक्ष राजन पौडेलका अनुसार किसानले स्वद स्फुर्त रुपमा आफुले उत्पादन गरेको च्याउका निःशुल्क परीकार बनाएर स्वाद उत्सवको रुपमा राष्ट्रिय च्याउ दिवस मनाउन लागीएको हो ।
















