लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघद्धारा लुम्बिनी प्रादेशिक अस्पतालमा फलफुल वितरण

बुटवल, पुस ।
लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी  संघको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा   निःशुल्क फलफुल वितरण गरिएको छ । संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको फलफुल वितरण कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल  बुटवलमा मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष मोहमद् याकुवको  संयोजकत्वमा भएको फलफुल  वितरण कार्यक्रममा २ सय २५  भन्दा बढि विरामीहरुलाई अस्पतालको बेडमा पुगेर स्वाथ्य लाभको कामना सहित पौष्टिकबर्दक फलफुल वितरण गरिएको हो ।

कार्यक्रममा बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष घनश्याम भुषाल(गोपाल), निर्वतमान अध्यक्ष केशव कुँवर लगायत कार्यसमिति सदस्य, अन्य सदस्यको उपस्थिती रहेको थियो । संघले १९ औसाधारण सभा तथा सातौ अधिवेसनको अवसर २ सय २५ जना विरामीलाई फलफुल वितरण गरिएको संयोजक मो. याकुवले  जानकारी दिए ।

© 2025 krishipatra All right reserved