राष्ट्रिय च्याउ दिवसमा बुटवलमा च्याउ मेला तथा निःशुल्क च्याउका परिकार(फोटो फिचर)

  • कार्यक्रममा करिव ३ हजार भन्दा बढि सर्वसाधारणले च्याउको मःम, पकौडा, छोईला, सुकुटी सहितका च्याउको सुप समेत निःशुल्क रुपमा प्रदान गरिएको हो
  • बुटवल, पुस । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा निःशुल्क च्याउ मेला गरिएको छ । राष्ट्रिय च्याउ दिवस पुस १५ को अवसरमा बुटवल तिनकुने पानी टैंक अगाडीको स्थानमा च्याउका विभिन्न परिकार निःशुल्क प्रदान गरिएको च्याउ उत्पादक किसान संघ केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका ईन्चार्ज कृष्णराज पोखरेलले जानकारी दिए । सर्वसाधारण र स्वादका पारखिहरुलाई निम्ता गरिएको ईन्चार्ज पोखरेलले जानकारी दिए ।

    निःशुल्क रुपमा किसानबाट उत्पादन भएका विभिन्न च्याउका विशेष परीकारहरुको स्वादमा खुवाउने तयारी गरिएको च्याउ उत्पादक किसान संघ ले जानकाएको छ । संघका प्रदेशका निर्वतमान अध्यक्ष ऋषव पोखरेलेले जानकारी दिए ।

    पहिलो बुटवल बुटवलमा आयोजना गरिएको कार्यक्रममा च्याउ उत्पादक किसान संघ रुपन्देही र लुम्बिनी प्रदेश समितिको संयुक्त आयोजनामा र लुम्बिनी प्रदेशको कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग रहेको च्याउ उत्पादक किसान संघ लुम्बिनीका अध्यक्ष राजन पौडेलले जानकारी दिए । निःशुल्क परिकार कार्यक्रममा करिव ३ हजार भन्दा बढि सर्वसाधारणले च्याउको मःम, पकौडा, छोईला, सुकुटी सहितका च्याउको सुप समेत निःशुल्क रुपमा प्रदान गरिएको हो ।

    © 2025 krishipatra All right reserved