
लुुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री साधारण र सरल स्वभावका मन्त्रीको रूपमा पहिचान बनाएका छन् । बाहिरी प्रचार प्रसार भन्दा पनि आफ्ना जनतमाझमा जनअपेक्षा अनुसारका काम गर्दै आएका गुल्मीबाट जननिर्वाचित सांसाद पन्थीले प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेबारी प्राप्त गरेपछि केही आशातित सुधारका काम भएका छन् । कृषि पत्र पाक्षिक खबर पत्रिकाको ७ औ बार्षिक उत्सवको अवसरमा प्रकाशित ‘किसानका कुरा’ विशेषांक लागि कृषिपत्र खबर कर्मीले गरेको कुराकानी ।
प्रदेश समृद्धिको आधार कृषिमा के के काम भैरहेका छन् ?
– खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता र कृषि उपजको आयात प्रतिस्थापन गर्न कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने नीति लिई सबै जिल्लामा बाली एवम् वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम, साना सिंचाईंकार्यक्रम मार्फत थप २५० हेक्टरमा सिंचाइ सुविधा विस्तार, सिंचित १५०० हेक्टर क्षेत्रफलमा बाली सघनता वृद्धि कार्यक्रम, माटो व्यवस्थापन कार्यक्रम, पशुपन्छी रोग नियन्त्रण गर्न पशुस्वास्थ्य तथा खोप सेवा (४५ लाख खोप) सञ्चालन, दुध उत्पादनमा टेवा पुर्याउन ४० हजार गाइ भैसीमा निःशुल्क कृत्रिम गर्भाधान सेवा सहित एक लाख पशुहरूमा कृत्रिम गर्भाधान सेवा जस्ता क्रियाकलापहरू मन्त्रालय र मातहत कार्यालयहरूबाट सञ्चालन भैरहेका छन ् ।
जनताले आशा गरे अनुसारका कृषिमा प्रतिफल आउने गरी के के काममा जोड दिनुभएको छ ?
–कृषि क्षेत्र लुम्बिनी प्रदेशको मेरुदण्ड हो । कृषि क्षेत्रलाई अझैपनि सरकारका प्राथमिकता क्षेत्रको रूपमा अङ्गिकार गरेको पाइँदैन । हाम्रो मुलुकमा कृषिका लागि अत्यावस्यक बाह्रैमासे सिंचाइ सुविधा उपलब्ध भैनसकेको अवस्थाका कारण बालीनाली उत्पादन प्रभावित हुने गर्दछ । कृषि मौसमी हुने र उच्च उत्पादन लागतका कारण उत्पादित बाली÷वस्तु विक्रीबाट कम प्रतिफल प्राप्त हुने गरेको छ । हाम्रा योजनाहरू धेरै र टुक्रे भएकाले ठोस रूपमा कम काम भएको देखिन्छ । त्यसैले तीनै तहका सरकारबाट प्राथमिकता क्षेत्र निर्धारण तथा कार्यहरूको विस्तृतीकरण गरी प्राथमिकता क्षेत्र तोकी नीति, कार्यक्रम तथा कार्यान्वयन संरचनामा सुधार गर्दै लिएर जानु पर्ने आवाश्यकता देखिन्छ ।
प्रदेश सरकारले शुरु गरेको व्याजमा अनुदान, शुलभ कर्जाको अवस्था कस्तो छ ?
– समग्र कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणका लागि व्यावसायिक कृषकहरूलाई सहुलियत पूर्ण कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराई सहज वित्तीय पहुँचबाट लगानी वृद्धि गर्ने उदेश्य सहित आर्थिक वर्ष २०७७÷७८ मा शुरु भएको शुलभ कर्जा तथा ब्याजमा अनुदान कार्यक्रममा हाल सम्म कृषिमा १३८ आयोजनाहरूका लागि रकम रु २५ करोड ४५ लाख ५५ हजार कर्जा प्रवाह भएकोमा ३ करोड २१ लाख ७० हजार ८२१ रूपैयाँ ८७ पैसा ब्याज रकम शोध भर्ना दिईएको ।
यस कार्यक्रम मार्फत पशुपन्छीतर्फ गाई तथा भैसीपालन, कुखुरापालन, मत्स्यपालन र कृषि तर्फ तरकारी खेति जस्ता व्यवासयका लागि कर्जा स्वीकृत गराइ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई ब्याजमा अनुदान प्रवाह भई कृषि व्यवसायमा संलग्न कृषकहरूलाई सहुलियत एवम् प्रोत्साहन भएको छ ।
स्मार्ट कृषि गाउँबाट आशातित उपलब्धी किन नदेखिएको होला ?
–कृषि उत्पादनलाई बजारमुखी, व्यवसायमुखी, नाफामुखी आत्मनिर्भर बनाई कृषकहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी दिगो आयस्तर वृद्धि गर्न “एक नमूना गाउँ“ को रूपमा विकास गर्ने उद्धेश्यले स्मार्ट कृषि गाउँ कार्यक्रम आ.व. २०७५÷७६ देखी संचालन गरिएको हो । “स्मार्ट कृषि गाउँ“ कार्यक्रम अन्तरगत ठाउँको विशिष्टता अनसुारको बाली तथा पशपुन्छी सुहाँउदो जलवायू तथा वातावरण मैत्री अभ्यास, सिंचाई तथा आधुनिक प्रविधिको प्रयोग एवम जोखिम न्यूनीकरणका उपायहरू अवलम्वन गर्दै कृषिको उत्पादन, उत्पादकत्व र गणस्तर वृद्धि गरी आयआर्जनमा संलग्न भएको कम्तीमा ५० देखि ६० घरधूरीलाई समेटी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था रहे अनुसार कार्यान्वयन गरिएको थियो ।
कूल ११६ वटा स्मार्ट कृषि गाउँ कार्यक्रम स्वीकृत भएकोमा १०९ वटा स्मार्ट कृषि गाउँ कार्यक्रम सम्बन्धित जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरू मार्फत सञ्चालन भएका थिए । कार्यक्रम शुवात दोस्रो र तेस्रो वर्ष कोभिड १९ को महामारीका कारण केही स्मार्ट कृषि गाउँ कार्यक्रमहरूको सञ्चालन प्रभावित भयो ।
पछी धेरैजसो स्मार्ट कृषि गाउँ कार्यक्रमहरू सन्तोषजनक ढङ्गले सञ्चालित रहे र निरन्तरता समेत दिइरहेको पाइएको छ । केही स्मार्ट कृषि गाउँ कार्यक्रमहरू ( साझेदारी) लगानीको अभावमा केही वर्ष कार्यक्रम सञ्चालन गरिसकेपछी निरन्तरता दिन नसकेकी बिचैबाट रद्द गर्नु परेको थियो । यो निकै राम्रो कार्यक्रम रहेकोले आगामी दिनमा यसमा भएका कमी कमजोडीहरूलाई सच्याउँदै निरन्तरता दिनुपर्ने देखिन्छ ।
अन्त्यमा लुम्बिनी प्रदेश वासी दाजुभाई दिदी बैनीको लागि केही सन्देश दिन चाहानुहुन्छ ?
–कृषि क्षेत्रको विकासको लागि एकल प्रयास बाट संभव छैन, यसको लागि हामी किसान,नीजी क्षेत्र, सहकारी र सरकारका तीन वटै निकायका विचमा सहकार्य चाहान्छौ, सोही अनुसार काम पनि भैरहेका छन् । खासगरी किसानको समस्या को पहिचान गर्ने, समस्या समाधानका लागि उचित विकल्पको खोजी गर्ने र ती विकल्प मध्ये उत्कृष्ठ विकल्पको कार्यान्वयन गर्ने गरी काम भैरहेका छन् । किसानले आशा गरिए अनुसारका काम समेत प्रदेशले अगाडी बढाएर कार्यान्वयनमा गैरहेको छ । यसमा सबै प्रदेशवासी जनताले साथ र सहयोग प्रदान गर्नुहुन अनुरोध छ ।à (कृषि पत्रको सातौ बार्षिक उत्सव विशेषांक बाट)