शुद्धोधन गाउँपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर

बुटवल, चैत– रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका समुदायिक कुकुर बन्ध्याकरण शिविर सुरुवात भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा र शुद्धोधन गाउँपालिका पशु सेवा शाखाको आयोजनामा शिविर सुरुवात गरिएको हो । ४ दिन सम्म चल्ने शिविरमा २ सय भन्दा बढि सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशु शाखा प्रमुख भुमिश्वर खनालले जानकारी दिए ।

शिविरको बुधवार एक कार्यक्रमको आयोजना गरी शुभरम्भ गरिएको थियो । मानपकडीमा आयोजना गरिएको शिविर शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका संमन्वय प्रमुख उमाकान्त चपाईंले पशु स्वाथ्य अधिकार ऐन बमोजिम समाजमा रहेका छाडा कुकुर व्यवस्थापनको लागि पालिकाले गरेको कामको सबैले साथ र सहयोग गर्नुपर्ने बताएका थिए । उनले विभिन्न पालिकाहरुले यो अभियान अन्र्तगत पहिलो र दोस्रो चरणको कुकुर बन्ध्याकरण शिविर आयोजना गरिसकीएको भन्दै यसलाई बाँकी रहेका अन्य पालिकाहरुले पनि अबिलम्ब सुरुवात गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै संमन्वय प्रमुख चपाईंले छाडा छाडीएका कुकुरको कारण मानिस तथा अन्य पशुमा प्रणाघातक रोगकको रुपमा रेबीज लगायतका रोग लाग्ने भन्दै यसको निराकरणको लागि भुस्या कुकुरको संख्या घटाउनुमा जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तीदेवी ज्ञवालीले भुस्या कुकुरले टोकेको कारण कयौ मानिसहरुले खोप लगाउन स्वाथ्य संस्थामा जानेगरेको बताउँदै रेबीजको उच्च जोखिम भएको कारण ले शिविर आयोजना गरिएको बताएकी थिईन । उनले पालिकाले यो पटक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समेत आर्थिक सहयोगमा कार्यक्रम गरेको जानकारी दिदै आगामी दिनमा पनि यो कुकुर बन्ध्याकरण शिविर आयोजना गरिने जानकारी दिईन ।
हिमलयन एनिमल रेस्क्यु ट्रष्ट(हार्ट) नेपाल पोखराको प्राविधिक सहयोगमा सुरुवात भएको यो शिविर ४ दिन बैशाख १ गते सम्म चल्ने छ । जसको लागि हार्ट नेपालका पशु चिकित्सक, सर्जन सहितको १२ जनाको टोली परिचालन गरिएको छ । हार्ट नेपालका प्रबन्धक खगेश्वर शर्मा भट्राईले नेपालमा जुनोटिक रोगनिदानको साथै रेबीज उन्मुलनको लागि छाडा छाडीएका चौपाय नियन्त्रण गर्नुपर्ने बताएका थिए । कार्यक्रममा शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा पालिका प्रवक्ता केशव अधिकारी, वडा नम्बर २ का अध्यक्ष कलम खड्का, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वाथ्य प्राविधिक टुकराज न्यौपाने, वडा नम्बर ७ का अध्यक्ष भिम नारायण थारु लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

© 2024 krishipatra All right reserved