महिला किसान संघ लुम्बिनी प्रदेशको अध्यक्षमा आचार्य

बुटवल,  महिला किसान संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा शर्मिाला आचार्य चयन भएकी छिन् । बुटवलमा आयोजना भएको सम्मेलनबाट उपाध्यक्षमा खुमा गिरी रुपन्देही चियन भएकी छिन् ।यस्तै उपाध्यक्षमा अमृता शर्मा पौडेल बर्दिया चयन भएका हुन । सचिवमा गोमा अधिकारी दाङ, उप सचिवमा भिमा सिजापती नवपरासी, र लक्ष्मी पाण्डे रुपन्देही चयन भएका हुन । यस्तै कोषाध्यक्षमा कल्पना भुषाल अर्घाखाँची चयन भएका हुन । यस्तै सदस्यहरुमा प्रेमकला पोखरेलपाण्डे, गोमा चालिसे,सिता चौधरी, राधा घिमिरे, शाराद केसी, तिलोत्तमा ज्ञवाली, थमा बुढा मगर, कल्पना महतारा, शिविना पुन, राधा आचार्य, सनिता विक, राधा बेल्बासे, रुपा देवी विक, सरु सुनार, सम्झना नेपाली, कालिका बाठामगर, कमला विष्ट चयन भएका हुन ।
सम्मेलनको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशक पुर्व मन्त्री तथा वर्तमान सांसाद भोज प्रसाद श्रेष्ठले कृषि क्षेत्रमा किसान महिलाहरुको संख्या बढि भएपनि उनिहरु मुलधारामा आउन नसकेको बताएका थिए । उनले कृषिको विकासका लागि सबैले एक अर्कोको विचमा हातेमालो गर्नुपर्ने बातएका थिए ।
अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरीले किसानको समस्या समाधानको लागि सबै जनाले आ आफ्नो स्थानबाट अगाडी बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा यमुना थापा,किसान महासंका प्रदेश समिति सदस्य तथा स्थायी कमिटि सदस्य सिमा गिरी, किसान महासंघ रुपन्देहीका अध्यक्ष कृष्ण पन्थी, यमुना थापा, रोजी खातुन, खुमा गिरी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

© 2024 krishipatra All right reserved