बुटवल, बैशाख ।
कृषि मन्त्रालयका जिम्मेबारी पाएका लुम्बिनी प्रदेशका पुर्व कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।
जनता समाजवादी पार्टी ९जसपा०ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि अहिरले राजीनामा दिएका हुन्। मुख्यमन्त्री जोखबहादुर महरालाई वैशाख ८ मा बुझाएको राजीनामापत्रमा आफ्नो पार्टीसँग भएको सहमति कार्यान्वयन नगरिएकाले सरकार छोडेको बताएका छन्।
गत चैत २२ मा सत्तारूढ चार दलबीच सहमति भएको थियो। त्यो सहमति अनुसार जसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अहिरको भनाइ छ। त्यति वेला जसपालाई शहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सहमति भएको थियो।
उनी माओवादी नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ मा मन्त्री बनेका थिए। त्यति वेला चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। अहिर सहित सबैलाई विना विभागीय मन्त्री बनाइएको थिए।
मुख्यमन्त्री महराले वैशाख ६ मा अहिरलाई जिम्मेवारी दिएका थिए। उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए। तर मन्त्रालयको जिम्मेवारी पाएको तेस्रो दिनमै राजीनामा दिएका छन्।
प्रदेश सभामा जसपाका तीन सांसद छन्। मन्त्रीले राजीनामा दिए पनि जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।
माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाएका थिए ।
सरकार गठनका क्रममा मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति नै गरेको जसपाले जनाएको छ । ३ जना प्रदेश सभा सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । ८७ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा मुख्यमन्त्री महरासँग ४८ जना प्रदेश सभा सदस्यहरूले समर्थन गरेका थिए ।