बुटवल – पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद, त्रिपुरेश्वर काठमाडौंको आयोजनामा दर्ता हुनेवाला पशु स्वास्थ्य पशु सेवा व्यवसायीहरूका लागि परिषद् सम्बन्धी अभिमुखीकरण गोष्ठि गरेको छ ।
बुटवलमा आयोजना गरिएको गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले पशुस्वाथ्य प्राविधिकहरूको लामो समयको आन्दोलन पश्चात उपलब्धी हासिल भएको बताएका थिए । उनले आन्दोलनबाट नै परिषद् गठन भएको जानकारी पाउँदा खुसी लागेको भन्दै प्रदेशलाई समृद्धि बनाउनको लागि कृषि तथा पशुपालनबाट संभव भएको बताए । पशु स्वास्थ्य प्राविधिकहरूको पक्षमा प्रदेश सरकार जहिले पनि तयार रहेको मन्त्री ढकालको भनाइ रहेको थियो ।
कार्यक्रममा बोल्दै पशु स्वाथ्य तथा पशु सेवा व्यवसायी परिषद्का देबेन्द्र प्रसाद यादवले सबैजना एकजुट भएर मात्रै परिषद् गठन भएको बताएका थिए । कार्यक्रममा परिषद्का रजिष्ट्रार पूर्ण बहादुर बुढाले कार्यपत्र प्रस्तुत गरेका थिए । उपाध्यक्ष उपाध्यक्ष जनक बहादुर रावलले स्वागत गरेका थिए । कार्यक्रमा आयोजना गर्नुको उद्देश्य माथि प्रकाश पार्दै उपाध्यक्ष रावलले ऐनले सबै कुरा समेट्नुपर्ने बताएका थिए ।
परिषद्का सदस्य लोकराज भुषालले पशु स्वास्थ्य प्राविधिकहरूको लामो समय देखि आन्दोलन र बलिदानीबाट परिषद् गठन सम्मको काम भएको बताएका थिए । उनले यसलाई एउटा महŒवपूर्ण उपलब्धीको रूपमा लिएर अझ बढि सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न प्राविधिक सत्रमा समेत छलफल गरिएको थियो ।
प्रदेशका विभिन्न जिल्लाबाट पशु स्वास्थ्य प्राविधिकहरूको कार्यशालामा सहभागिता रहेको थियो । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ अनुसार वि.स. २०८० सालमा कार्तिक १६ गतेको मन्त्री परिषद् बाट समिति गठन भएको हो ।