मासु व्यवसायी संघ रुपन्देहीमा थापा निर्वाचित

 बुटवल, ६चैत । मासु व्यवसायी संघ रुपन्देहीको १३ औ साधारणसभा तथा ७ औं अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष चुरामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले उपभोक्ताले स्वस्थकर मासु पाउने गरी व्यवसायीले आफ्नो व्यवसायलाई परिमार्जन गर्दै लैजानु पर्ने बताए । कार्यक्रम संघका अध्यक्ष चुरामणि घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

कार्यक्रममा बुटवल मासु उत्पादन तथा प्रशोधन प्रा. लि. का अध्यक्ष हुमादेवी पौडेल, रुपन्देही कुखुरा पालक संघका अध्यक्ष ऋषिराम काफ्ले, रुपन्देही व्यापार संघका कार्यबाहक अध्यक्ष प्रकाश ढकाल, संघका प्रेस सल्लाहकार थानेश्वर घिमिरेलगायतले बोलेका थिए । संघका वरिष्ठ उपाध्यक्ष नारायण घर्तीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन महासचिव विशाल थापाले गरेका थिए ।

७ औं अधिवेशनबाट आगामी कार्यकालका लागि विशाल थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा विजय शाही, उपाध्यक्षहरुमा रशन बहादुर खत्री, सुनिता थापा क्षेत्री र गोपाल क्षेत्री सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।

त्यस्तैगरी महासचिवमा थानेश्वर सुवेदी,कोषाध्यक्षमा अहमद हुसेन, सचिवमा ऋषिराम राईभाट, सहकोषाध्यक्षमा देवतस् प्रसाद सापकोटा, कार्यसमिति सदस्यहरुमा क्रमशः नरसिंह गिरी, दिपेन्द्र चौधरी, झविन्द्र बहादुर केसी, विष्णु खत्री र विष्णु थापा सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा बिमा थापा, गन कुमारी राना, बिमला थापा,लक्ष्मण प्रसाद श्रेष्ठ,वेद प्रसाद काफ्ले,विष्णु बहादुर जिसी, थानेश्वर पाण्डे र सफि मोहम्मद भाटलगायत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता यमलाल खनालले बताए ।

© 2024 krishipatra All right reserved