नेपाल डेरी एशोसीयसन लुम्बिनीको अध्यक्षमा पुनः न्यौपाने

  • न्यौपाने नेपालकै प्रतिष्ठीत ग्लोबल डेरी उद्योग कपिलबस्तुका सञ्चालक हुन
  • बुटवल  पुस– नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेशको छैठौ साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुनः थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । न्यौपाने नेपालकै प्रतिष्ठीत ग्लोबल डेरी उद्योग कपिलबस्तुका सञ्चालन हुन ।

    उनको बुद्धभूमी ब्रान्डका विभिन्न उत्पादन नेपाल भर विक्री वितरण हुँदै आएका छन् ।  जसको उपाध्यक्षमा कमल प्रसाद भुषाल, सचिवमा विजय सापकोटा, कोषाध्यक्षमा लेखनाथ भण्डारी चयन भएका हुन ।

    यस्तै सह सचिवमा लिलाराम भुषाल सर्वसम्मत रुपमा चयन भएका छन् । सदस्यहरुमा सन्दीप जैसवाल, लोकराज पोखरेल, काशिराम भट्राई, कमल प्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा(प्रकाश), पवन भट्राई, जनदिप न्यौपाने र नवराज सापकोटा चयन भएका हुन ।

    © 2026 krishipatra All right reserved