बुटवल । लुम्बिनी प्रदेशले प्रदेशका ३ जिल्ला र ८ पालिकालाई खोरेतमुक्त बनाउने अभियानको थालनी गरेको छ । खारेत रोग बाट पशु चौपायामा पर्ने नकारत्मक असर संगै पशुजन्य र दुग्धजन्य उत्पादनमा समेत ह्रास आउन थालेपछि प्रदेश सरकारले अभियानकै रुपमा प्रदेशका ३ जिल्ला का सबै पालिका र अन्य ४ जिल्लाका ९ पालिकालाई खारेत मुक्त बनाउने अभियानको सुरुवात गरेको हो ।
जसको अभियान स्वरुप बुटवलमा अभिमुखिकरण कार्यक्रम समेत गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका कृषि , भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सबैको साथ र सहयोगबाट पशु चौपायमा महामारीकै रुपमा आउने खारेत रोगको उन्मुलन गर्न सकिने धारणा राखेका थिए । उनले यसको लागि प्रदेश, स्थानीय तह र संघीय सरकारले समेत हातेमालो गरेर अगाडी जानुको विकल्प नभएको बताएका थिए । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशानलय का बरिष्ठ पशु चिकित्सक डा. नविन बस्यालका अनुसार अहिले प्रदेशका ३ जिल्ला गुल्मी का सबै पालिका, अर्घाखाँची का सबै पालिका र पाल्पा को तानसेन न.पा., तिनाउ र रैनादेवी छहरा गाउँपालिकामा खारेत मुक्त अभियान जारी छ ।
यस्तै प्यूठान जिल्लाको प्यूठान नगरपालिका, मल्लरानि, ऐरावति र सरुमारानी गाउँपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका र रुकूम पूर्व भुमे गाउँपालिकामा यो अभियान जारी रहेको डा. बस्यालले जानकारी दिए । बुटवलमा आयोजना गरिएको खारेत मुक्त अभियान अभिमुखिकरण गोष्ठीमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका नि.निर्देशक श्रवण कुमार चौधरीले कार्यक्रम आयोजना गर्नुको उदेश्यको विषयमा प्रकाश पारेका थिए ।
गोष्ठीमा खारेत तथा सिमा विहिन रोग अन्वेषण प्रयोगशाला बुढानिलकण्ठ काठमाण्डौका प्रमुख डा. कृष्ण राज पाण्डे, पशुरोग अन्वेषण प्रयोगशाला नवलपरासीका प्रमुख डा. भरत काफ्ले, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका बरिष्ठ पशु चिकित्सक डा. नविन बस्याल लगायतले कार्यपत्र प्रस्तु गरेका थिए । खारेत मुक्त अभियान अन्र्तगत प्रदेशका ९ लाख ५५ हजार भन्दा बढि पशु चौपायमा खोप कार्यक्रम सञ्चालन गरिने छ भने पूर्ण खोप अभियान अन्र्तगत ६ लाख ६८ हजार भन्दा बढि गाई, भैसी, भेडा, बंगुर मा खोप अभियान चलाईने भएको छ ।
















