बुटवल पुस– लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको १९औं साधारण सभा तथा ७औं अधिवेशनबाट सर्वसम्मतिले निर्वाचित नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेसनबाट नुरुद्दिन शाहको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । जसको व. उपाध्यक्षमा मोहम्मद याकूब, उपाध्यक्षमा सुरेन्द्र कमार कान्दू, महासचिवमा मेघनाथ पौडेल, सचिवमा मनिस बर्नवाल र कोषाध्यक्ष प्रकाश पाण्डे निर्वाचित भएका छन् ।

यस्तै कार्यसमिति सदस्यमा मोहम्मद मुनौवर राईन्, कृष्णमणि खनाल, खिमराज पोखरेल, राजन बर्नवाल र विपिन अग्रहरी चयन भएका हुन । साधारण सभा तथा अधिवेसनबाट निर्वाचित अध्यक्ष नुरुद्दिन शाहले समितिलाई आगामी दिनमा व्यवसायीक मैत्रीबनाउँदै लैजोन, किसान मैत्री व्यवहार प्रस्तुत हुने जानकारी दिए ।

















