विभागले भन्योः कृषि उपज केन्द्र बुटवलको टेन्डर अविलम्ब खोल्नु

  • अदालतको फैसला कार्यान्वयन गर्नको लागि निर्देशन
  • बुटवल मंसिर– नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि विभागले लामो समय सम्म विना टेन्डर सञ्चालनमा रहेको बुटवलका कृषि उपज केन्द्र को टेन्डर अविलम्ब खोल्नको लागि निर्देशन दिएको छ । कृषि उपज थोक बजार व्यवस्थापन समिति बुटवललाई मंसिर १५ गतेको पत्र लेख्दै विभागका बरिष्ठ कृषि अर्थविज्ञ कलशराम चौधरीले अविलम्ब टेन्डर प्रक्रिया अगाडी बढाउन र अदालतको फैसला कार्यान्वयन गर्नको लागि निर्देशन दिएका हुन ।
    सटर वाहल सम्बन्धी सम्मानित अदालतको फैसला कार्यान्ववयनको लागि विभागले पत्र काटेर सचेत समेत गराएको हो । पत्रमा कृषि बजार व्यवस्थापन समितिले २०८१ भदौ २४ गते आह्वान गरेको सटरको बेलपत्र सम्बन्धी मुद्धामा अदालतबाट फैसला भईआएको अवस्थामा पनि सटरको बोलपत्र नखुल्नको कारण समेत माग गरेको हो । अदालतबाट २०८२ कार्तिक २० गते गरेको अन्तीम फैसला अनुसार सटरको टेन्डर अविलम्ब खोल्नको लागि निर्देशन दिएको थियो । विभागले बुटवल उपमहानरपालिका, जिल्ला प्रशासन कार्यालय रुपन्देही, लुम्बिनी फलफुल तथा तरकारी व्यवसायी संघ रुपन्देहीलाई समेत बोद्धार्थ पत्र दिदै ‘सटर वाहल सम्बन्धी बोलपत्रको विषयमा सम्मनित जिल्ला अदालत रुपन्देहीबाट अदालतको फैसला कार्यान्वयन गर्ने प्रक्रिया प्रचलित कानून बमोजिम तुरुन्त अघि बढाउनको लागि निर्देशानुसार अनुरोध छ’ भनी पत्र काटेको हो । साथै विभागको पत्रमा सो सम्बन्धी कामको दैनिक प्रगति विवरण समेत विभागको ईमेलमा पठाउनको लागि अनुरोध समेत गरेको छ ।
    २०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने गरी बोलपत्रको सूचना प्रकाशन गरेको थियो । सोही अनुसार ६८ वटा सटरका लागि २६७ वटा बोलपत्र दर्ता भएका छन् ।

     

    © 2025 krishipatra All right reserved