च्याउ उत्पादक किसान संघ रुपन्देहीमा नयाँ नेतृत्व

बुटवल  मंसिर – च्याउ उत्पादन किसान संघ रुपन्देहीको दोसो जिल्ला सम्मेलन अधिवेसन तथा साधारण सभा बाट नयाँ नेतृत्व चयन भएको छ । कञ्चन गाउँपालिका दानापुर तालामा आयोजना गरिएको अधिवेसनबाट निखिल खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष विश्वम्बर चौधरी, सचिवमा पदम खनाल, कोषाध्यक्षमा नविन खत्री, चयन भएका छन् ।

यस्तै सदस्यहरुमा खुमराज विसी, डम्मबर श्रेष्ठ, रामजी चौधरी, राजकुमार चौधरी, गिता पौडेल, कल्पना रेग्मी, कविता पौडेल, विमला रेगामी, पदम न्यौपाने, बसन्त पोखरेल, अर्विन जिसी रहेका छन् । कार्यक्रममा निर्वतमान अध्यक्ष गंगाधर पौडेल, कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा, च्याउ उत्पादक किसान संघका केन्द्रीय उपाध्यक्ष कृष्णराज पोखरेल लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

© 2025 krishipatra All right reserved