यस्ता छन् रूपन्देही किसानका १३ बूँदे माग

  • किसानले गरेको उत्पादनको उचित मुल्य निर्धारणगर्न माग
  • भैरहवा,  जेठ– कृषि दिवसको पूर्व सन्ध्यामा रूपन्देही कृषक सेवा समिति रूपन्देहीले बिभिन्न मागहरू स्थानीय, प्रदेश सरकार र केन्द्र सरकार संग माग गरेको छ ।
    यहि जेठ २७ गते राष्ट्रिय कृषक दिवसको अवसरमा ओमसतिया गाउँपालिका र रोहिणि गाउँपालीकाको सहयोगमा मनाउन लागेको कृषक सम्मान गर्ने कार्यक्रममा प्रत्येक वडाका १/१ जनालाई पशुपालक र कृषकहरूलाई सम्मानित गर्ने कार्यक्रम रहेको कृषक सेवा समिति रूपन्देहीका अध्यक्ष देव धवलले बताए ।

    रूपन्दही जिल्लाको  पत्रकार सम्मेलन कार्यक्रममा किसानले गरेको उत्पादनको उचित मुल्य निर्धारण गर्दा किसान संग सरसल्लाह गरि गर्नुपर्ने, प्रत्येक क्षेत्रमा प्रकृति अनुसार फरक फरक किसिमको खेतीपाती गर्ने योजना बनाउने काम किसान तथा राष्ट्रिय किसान आयोग मिलेर गर्ने र व्यवस्थापन गर्ने काम कृषि बिभागले गर्नै पर्ने, उपज संकलन काम स्थानीय सरकारले गर्नु पर्ने माग राखेका थिए ।

    त्यसै गरि कृषकले गर्ने कामलाई उद्यमी मान्यता दिई किसानलाई चाहिने आवश्यक व्यवस्थापन वडा कार्यालय तथा स्थानिय तहमा रहेको कृषि शाखाले गर्नुपर्ने, वडा देखि राष्ट्रिय स्तरको कृषक समन्वय समिति किसानले चुनिएको कृषक नै हुनुपर्ने, राष्ट्रिय किसान आयोगमा राजनीति नियुक्ति बन्द गर्नुपर्ने कृषक समन्वय समितिको माध्यमले चुनिएका एक प्रदेशको एक जना उत्कृष्ट किसान हुनुपर्ने, स्थानीय एग्रो प्राबिधिकको संरक्षणमा प्रति हजार किसानको अनुपातमा बीउ बिजन संरक्षण गर्ने किसान बिउ बिजन संरक्षण केन्द्र स्थापना गर्नुपर्ने माग राखिएको थियो ।

    अध्यक्ष धवलले कृषकको जोखिम कम गर्न कृषक बीमा र उत्पादन गर्ने उपजको बीमा सरकारले नै गर्नुपर्ने, किसान अन्न दाता हुन् किसानको हक हित तथा सम्मानको लागि राष्ट्रिय कृषक दिवस जेठ २७ गते सबैले मनाउनुपर्ने लगायतका १३ बूँदै माग स्थानीय, प्रदेश र संघिय सरकारसँग राखेको बताए ।

    अध्यक्ष धवलले वडा अध्यक्ष देखि राष्ट्रपति सम्मकाहरू एक दिन खाना नखाए बाँच्न सक्छन् भन्दै प्रश्न गर्दै भने किसान भनेका भगवानका दोश्रो रूप भएको बताए । उनले किसान सधै भर मर्कामा पर्ने तर बिचौलियाले त्यसको फाइदा लिएको बताए ।

    कार्यक्रममा रोहिणि गाउँपालीकाका अध्यक्ष सनोज यादवले मागहरू सबै किसानका आवश्यकता भएको बताउँदै आगामी आर्थिक वर्षमा पचास प्रतिशत शिक्षामा त्यसपछिको लगानी कृषिमा गर्न लागेको बताए । उनले धानको बिउ निःशुल्क वितरण गरिएको व्यावसायीक कृषक बनाउनका लागि ३/४ बिघामा व्यवसायिक तरकारी खेती कार्यक्रम सुरुवात गर्न लागिएको बताए । समाजसेवी सञ्जय गुप्ताले कृषकलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले उपयुक्त बजेट छुट्याउनु पर्ने बताउँदै कृषि प्रधान देशमा किसानले समयमा बिउ बिजन नपाउने सरकारले उत्पादन गर्नुका सट्टा विदेशबाट आयात गरि खाद्य पदार्थ उपभोग गर्नु बाध्यात्मक परिस्थीति भएकोमा दुखेसो व्यक्त गरे ।

    © 2025 krishipatra All right reserved