Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

कृषि पत्रकार शर्माको सवारी दुर्घटनामा निधन

  • उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ
  • बुटवल, जेठ ।
    कृषि सञ्चार अभियान्ता नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्ष गोविन्द शर्माको सवारी दुर्घटनामा निधन भएको छ ।
    ललितपुरको धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा तत्कालिन प्रेस सेन्टर काठमाडौंका अध्यक्ष गोविन्द शर्मा सहित २ जनाको ज्यान गएको हो ।
    पत्रकार शर्मा नेपालकै पहिलो कृषि टेलिभिजनका संस्थापक स्टेशन प्रमुख थिए भने तत्कालिन प्रेस सेन्टर नेपाल काठमाण्डौ शाखाका अध्यक्ष समेत थिए ।
    उनी केही समय देखि परिक्षण प्रशारणमा आएको ‘किसान टेलिभिजन’का अध्यक्ष समेत हुन ।  बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षीय चन्द्रमणी मुडभरी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द शर्मा घिमिरेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा परेका २ जनालाई नर्भिक अस्पताल लगिएको र उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुरुमा २ वटा जीप ठोक्किएको र त्यसपछि थप अर्को एउटा जीप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    © 2026 krishipatra All right reserved