
बुटवल, बैशाख ।
विगत लामो समय देखि दानाउद्योग क्षेत्रमा स्थापित अन्नपूर्ण एग्रो गु्रपले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरमा अत्याधुनिक उपकरण जडित अटोमेटिक कुखुराको मासु प्रसोधन केन्द्र(बधसाला) र कोल्ड स्टोर निर्माण गरेको छ । अन्नपूर्ण एग्रो ग्रुपले हिमचुली एग्रो ईडष्ट्रिज प्रा(लि) स्थापना गरेको छ ।
भारतबाट आयात गरिएको उपकरण जडान गरिएको उक्त ईडष्ट्रिजमा करिव २ करोड रुपैयाँ लागत लागेको छ । एग्रो ग्रुपका अध्यक्ष शंकर टण्डनका अनुसार पहिलो चरणमा कुखुरा बधगर्ने र उक्त मासु प्रशोधन गरी विभिन्न बस्तुहरु निर्माण हुने छन् भने अन्य मासु पुर्णरुपमा वातानुकुलित वातावरणमा स्टोर समेत गर्न सकिने छ । साढे दुई कठ्ठा आफ्नै जग्गामा भौतिक संरचना निर्माण गरी उक्त उद्योग सञ्चालनमा ल्याइएको हो ।
१ सय ५० टन मासु स्टोर गर्न सक्ने क्षमताको कोल्ड स्टार निर्माण गरिएको छ भने एक घण्टामा १ हजार कुखुरा बध गर्ने सक्ने पुर्णरुपमा अत्याधुनिक उपकरण जडीत कटिङ्ग (मासुबधशाला) निर्माण गरिएको हो ।
अध्यक्ष टन्डनका अनुसार यस्तो प्रविधि जडान गरिएको उद्योग यस क्षेत्रमा पहिलो हो । उपभोक्ताहरुलाई स्वथ्य, सफा मासु उपभोग गराउने गरी पहिलो चरणमा कुखुराबाट सुरुवात गरिएको उनको भनाई रहेको छ । निटक भविश्यमा मासुका विभिन्न प्रशोधित बस्तुहरु निर्माण गरी बजारीकरण गर्ने समेत उदेश्य एग्रो गु्रपले राखेको छ । समुहमा राजकुमार पराजुली, धातानन्द कण्डेल, शंकर टण्डन, बम बहादुर गुरुङ्ग, झविलाल भट्राई, नारायण पंगेनी रहेका छन् । यस भन्दा पलिहा दाना उद्योग सञ्चालन गर्दै आएको समुहले किसानहरुको लागि हाईब्रेड(उच्च गुणस्तरको) मकै उत्पादनको लागि सहयोग गर्दै आएको छ । न्युन्तम माईनस् ४० ड्रिग्री सम्मतापक्रम पु¥याउन सक्ने गरी मासु स्टोर गर्न सकिने ईडष्ट्रिजका प्रोजेक्ट संयोजक डा. प्रकाश कण्डेलले जानकारी दिए ।
उनका अनुसार ग्रुपले किसानलाई हाईब्रेड मकै उत्पादनको लागि प्राविधिक सहयोग देखि लिएर उत्पादिक मकै खरिद गरिदिने, कुखुराका लागि चाहिने सबै प्रकृतिको दाना उत्पादन गरी कुखुरा पालक किसानलाई दिने र किसानबाट उत्पादित भएको कुखुरा सबै खरिद गरी मासु जन्य परिकार निर्माण गरी विक्रि वितरण गर्ने गरी कार्यको सुरुवात गरिएको डा. कण्डेलको भनाई रहेको छ ।
ईडष्ट्रिजका सञ्चालक राज कुमार पाराजुलीका अनुसार यस क्षेत्रमा स्थापना गरिएको मासु प्रशोधन केन्द्र सहितको कोल्ड स्टोर ले उपभोक्ताले स्वथ्य मासु सेवन गर्नमा महत्पुर्ण भुमिमा निर्वाह गर्ने छ । मासुजन्य परिकारहरु ढुवानीका लागि सोही प्रकृतको कोल्ड स्टोर जडीत गाडी समेत खरिद गरी सञ्चालनमा ल्याएको एग्रो गु्रपले जनाएको छ ।
सञ्चालक पराजुलीले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकामा करिव ५० हजार बढि चल्ला उत्पादन गर्ने ह्याचरी समेत स्थापना गरी सञ्चालनको तयारी एग्रो गु्रपले गरेको छ । अहिले अन्नपूर्ण एग्रो ईन्डष्ट्रिज ले दैनिक डेढ सय टन दाना उत्पादन गरी बजारीकरण गर्दै आएको छ । अहिले रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लाका विभिन्न स्थानका किसानहरुलाई मकै खेतीमा विशेष सहयोग गु्रपले गर्दै आएको छ ।
बुटवल टुडे दैनिक बाट साभार