किसान र सरकारको विचमा पुलको काम गर्न कृषिमन्त्रीको आग्रह

  • किसानलाई सुन्दर भविश्य देखाउनको लागि पत्रिकाले महत्पूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो
  • बुटवल, चैत ।  कृषि पत्रकार समाज प्रदेश ५ र जिल्ला शाखा रुपन्देहीले संयुक्तरुपमा कृषि क्षेत्रको विशिष्टकृत पत्रिकाको ‘कृषि पत्र पाक्षिक खबर पत्रिका र डिजिटल अनलाईन कृषि पत्र डट कम शुभारम्भ गरेको छ ।
    बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल ले पत्रिकाको विमोचन र अनलाईनको शुभारम्भ गर्नुभयो ।

    कार्यक्रममा बोल्दै कृषि मन्त्री पौडेलले प्रदेशका सबै स्थानिय तह, वडाहरुमा पत्रिका पु¥याउनको लागि आग्रह गर्दै विशिष्टकृत पत्रकारिताको रुपमा कृषि पत्र आउनु आफैमा गौरवको विषय भएको बताउनुभयो ।

    उहाँले वास्तविक किसान र सरकारको विचमा पुलको काम गर्नको लागि कृषि पत्रकार समाजलाई आग्रह गर्नुभयो । कार्यक्रममा बौल्दै मन्त्री पौडेलले भन्नुभयो–‘हामीलाई बास्तविक किसानको आवाज चाहिएको छ, यसमा सरकार र किसानको विचको पुलको रुपमा यो पत्रिका र अनलाईन बन्ने छ भन्ने विश्वास लिएका छौ ।’

    उहाँले किसानलाई सुन्दर भविश्य देखाउनको लागि पत्रिकाले महत्पूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा अथाह संभावना भएको भएपनि एक प्रकारको जागरुकता अझै आउन नसकेको भन्दै मन्त्री पौडेलले किसानको जागरणको लागि पनि यस्तो प्रकृतिको पत्रिका र अनलाईन डिजिटल संस्करणहरुको जरुरत रहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का कार्यबाहक अध्यक्ष भरत केसीले सरकारी नीति नियमको अनविज्ञताको कारण पछाडी परेका किसानहरुलाई जागरणपैदा गर्ने खालको अभियान कृषि पत्र सक्रिय हुुनुपर्ने धारणा राख्नुभयो ।
    उहाँले किसानलाई के आवश्यक छ, वास्तविक किसानबाट सरकारको अपेक्षा के छ भन्ने विषयमा समेत यस पत्रिकाले कलम चलाउनको लागि आग्रह गर्नुभयो । ।


    कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव योजना तथा अनुुगमन महाशाखा प्रमुख विनोद घिमिरेले कृषि पत्र नीति निर्माण गर्ने निकाय देखि स–साना किसानहरुको सारथी बन्ने सक्नुपर्ने बताउनुभएको थियो । सूचनाको पहुँचबाट मन्त्रालयले गरेका विभिन्न कार्यक्रमहरु समेत किसानहरुले जानकारी नपाएको सन्र्दभमा यस पत्रिका र अनलाईनले विशेष भुमिका खेल्ने बताउनुभएको थियो ।
    यस्तै मुख्य मन्त्री तथा मन्त्री परिष्दको कार्यालयका प्रेस सल्लाहकार, नेपाल पत्रकार महासंघ रुपन्देहीका निर्वतमान अध्यक्ष तथा सल्लाहकार शेर बहादुर केसीले कृषि पत्रले सामान्य दैनिक हुने गरेका कार्यक्रमहरु भन्दा पनि किसानको वास्तविक समस्या, उनीहरुको आवाज, प्रविधिका कुरा, किसानको आवश्यकतको विषयमा बोल्नुपर्ने सुझाव राख्नुभयो ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले प्रविधी, बीऊ बिजन, किसानका विभिन्न समस्याको विषयमा उजागर गर्ने खालको समाचार आउनको लागि आग्रह गरेका थिए ।


    कृषि पत्रकार समाज प्रदेश ५ का उपाध्यक्ष अस्मीना पाण्डे(मिना)को स्वागत, सह सचिव विकास पराजुलीको सञ्चालनमा भएको कार्यक्रमा मा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का कृषि विकास निर्देशनालय प्रमुख डा. शान्ता कार्की, पशुपक्षि तथा मत्सय विकास निर्देशानलय प्रमुख डा. युगोलकिसोर तिवारी, बुटवल उपमानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्मा , नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष दिपक ज्ञवाली, समाजका सल्लाहकारहरु यमलाल भुषाल, भवगवती पाण्डे, त्रिलोचन दाहाल, विश्वास ढकाल, मनोरञ्जन शर्मा, रेखा भुषालः सभापती प्रेस युनियन श्रपन्देही, अमृता अनमोलः महासचिव सञ्चारीका समुह प्रदेश४, निरु गौतमः अध्यक्ष सञ्चारीका समुह रुपन्देही, भगवती पाण्डे, अध्यक्ष क्रियाशिल पत्रकार महिला रुपन्देही , सुमन श्रेष्ठः अध्यक्ष चलचित्र पत्रकार संघ रुपन्देही, कृष्ण प्रसाद भट्राई , प्रदेश संयोजक नेपाल डेरी एशोसीयसन, नेत्र प्रसाद पाठकः अध्यक्ष डेरी व्यवसायी समिति रुपन्देही, रिषव पोखरेल, उपाध्यक्ष च्याउ उत्पादक कृषक संघ रुपन्देही , टिला बहादुर सुर्यवंशी अध्यक्ष बंगर व्यवसायी संघ प्रदेश ५ लगायत, छवि पाण्डे, ब्युरो प्रमुख गोखरापत्र संस्थान, विष्णु घिमिरे, ब्युरो प्रमुख नयाँ पत्रिका, तेजेन्द्र केसी व्युरो प्रमुख रातो पाटी अनलाईन, टोपराज शर्मा, ब्युरो प्रमुख अनलाईन खबर , सरण कर्माचार्य ब्युरो प्रमुख एविसी न्युज, लगायत, खिमानन्द भट्राई, सम्पादक नवतिलोत्तमा दैनिक , कल्पना तिवारीः रेडियो मुक्ती, मिलन गाहाः रेडियो समावेसी लगायत विभिन्न किसान, पत्रकार संघ÷संगठनका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै कृषि पत्रकार समाज प्रदेश ५ का अध्यक्ष कृष्ण खनालले कृषि पत्रलाई हाल पाक्षिक रुपमा प्रकाशन गर्ने निकट भविश्यमा साप्ताहिको रुपमा अगाडी बढाउने समेत लक्ष्य लिएको बताउनुभएको थियो ।

    © 2025 krishipatra All right reserved