बुटवल , २० कार्तिक– जिल्ला अदालत रूपन्देहीले बुटवलमा लामो समयदेखि टेन्डर भएपनि टेन्डर प्रक्रियामा नगएको विषयमा फैसला गर्दै अब नियमित टेन्डरमा जानुपर्ने फैसला गरेको छ ।
बुटवल कृषि उपज थोक बजारमा व्यवसायी गर्दै आएका लुम्बिनी फलफूल तरकारी व्यवसायी संघको तर्फबाट सन्तोष अग्रहरी सहितले विगतमा भएको करारलाई निरन्तरता पाउनुपर्ने माग सहित अदालमा मुद्धा दायर गरेका थिए । उक्त मुद्दामा जिल्ला न्यायाधीश अशोक कुमार बस्नेतको एकल ईजसालले कार्तिक २० गते फैसला सुनाउँदै मुद्दा खरेज गरेको हो ।
यस्तै सम्झौता विपरित निर्णय भएर टेन्डर प्रक्रियामा गएको भन्दै कारवाही बदर गरी पाउ भन्दै सटर नम्बर २४का व्यवसायी भेषराज भट्टराई सहित ५ जनाले दिएको मुद्दामा पनि जिल्ला अदालत रूपन्देहीबाट दावि नपुग्ने फैसलन भएको हो । यद्यपी अदालतको फैसलाको पूर्णपाठ अझै आएको छैन ।















