
बुटवल , जेठ– पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ का किसान विराज घर्तीले एउटा बोट लिचीबाट बर्षमा ३० देखि ४० हजार भन्दा बढि आम्दानी हुन थालेपछि यो पेशामा हौसीएका छन् । तिनाउ गाउँपालिका वडा नम्बर ३ गड्डाका किसान का बुबाले रोपेको बोट बाट उत्पादन दिन थालेको केही बर्ष भएको छ । बर्षमा एउटा बोट बाट मात्रै करिव आधा लाख आम्दानी हुन थालेपछि त्यसलाई कलमी बनाएर अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाएको किसान घर्ती बताउँछन् । उनका अनुसार ११ रोपनी जगग्गा मध्ये यो असारमा ७ रोपनी बढिमा व्यवसायीक रुपमा लिची खेती गर्ने योजना बनाएका हुन । किसान विराज घर्ती भन्छन्–‘ उत्पादन पनि राम्रो छ, ३०–४० हजार घरमा खाएर छरछिमेकलाई दिएर बचेको बाट विक्री गर्दा पनि आउने गरेको छ, यसलाई थप विस्तार गर्ने योजना बनाएको छु । ’
किसानले अहिले बाटे बाट १०–१२ वटा भन्दा बढि कलमी विरुवा समेत तयार गरेका छन् । जसलाई असार महिनामा रोप्ने योजना समेत बनाएको जानकारी दिए ।
एउटै रुख बाट २०० किलो भन्दा बढि उत्पादन भएपछि त्यस बोटबाट कलमी विरुवा उत्पादनको लागि प्राविधिक सहितको अवलोकन गरेर सुझाव दिइएको पालिकाको वडा नम्बर ३ का वडा सदस्य जनप्रतिनीधी टंकनाथ बस्यालले जानकारी दिए ।पलिकाले लिचीबाट राम्रो आम्दानी हुने भएपछि अन्य किसानालाई पनि बाटे लगाउनको लागि प्रोत्साहन प्रदान गरिएको जनप्रतिनीधी बस्यालको भनाई छ । दोभान क्षेत्रमा व्यवसायीक रुपमा कला गलामी, ईश्वरी पाण्डे लागयतले समेत लीची खेती गर्दै आएका छन् ।
दोभान क्षेत्रमा उत्पादन भएको लिची अहिले बुटवल लगायतका बजारमा विक्री हुँदै आएको छ । अन्य स्थानबाट आयात गरिएको लिजी भन्दा स्वादीलो पहाडमा उत्पादन भएको पूर्णरुपमा अर्गानिक समेत भएको कारण पाल्पाली उत्पादन उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । #cst butwal today