अन्तराष्ट्रिय दुध दिवसमा बुटवलमा ‘मोही वितरण’

बुटवल, जेठ ।
अन्तराष्ट्रिय दुध दिवसको अवसरमा बुटवलमा मोही वितरण गरिएको छ । रुपन्देही डेरी एशोसीयसन को आयोजानमा बुटवल ट्राफिक चौकमा सर्वधारणहरुको लागि मोही वितरण गरिएको हो ।
समितिका अध्यक्ष विष्णु प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानरपालिका उप–प्रमुख सावित्रादेवी अर्यालले स्वच्छ दुध सेवन उपभोक्ताको अधिकार भएको भन्दै गुणस्तरमा ख्यान गर्न डेरी व्यवसायीहरुलाई आग्रह गरिन् । उनले विगतको दिनमा भन्दा अहिले गुणस्तरमा ज्यादै नै सुधार भएको भन्दै दुध र दुग्धजन्य बस्तुको गुणस्तर कायम राख्नको लागि सबैले साथ र सहयोग गर्नुपर्ने बताईन् ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले उपभोक्ताको अधिकार संवेदनशिल भएको भन्दै यसमा सबैजनाले ख्याल गर्नुपर्ने बताएका थिए । कार्यक्रममा रुपन्देही डेरी व्यवसायी समितिका संस्थापक अध्यक्ष भुवेनश्वर न्यौपानले सबैलाई दुध दिवसको अवसरमा शुभाकाना दिदै संस्थागत विकासको लागि बसैले आ आफ्नो स्थानबाट ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा मासु व्यवसायी संघ रुपन्देही, घरवाहाल सरोकार संघ रुपन्देही, स्थानीय अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनीधीहरु, रुपन्देही डेरी एशोसीयसनका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

© 2025 krishipatra All right reserved