
बुटवल, जेठ ।
खाद्यवाली किसान संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट रुपन्देहीका सीपी पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।
विहिबार बुटवलमा भएको राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा नवराज विष्ट(मोरङ्ग), उपाध्यक्षमा भागिरथ कुँवर(बैतडी), सचिवमा कृष्ण अर्याल(धादिङ्ग), उप सचिवमा मिना आचार्य(सुर्खेत), कोषाध्यक्षमा सोभा ढुंगाना(नवलपुर) चयन भएका हुन ।
यस्तै सदस्यहरुमा ७ वटा प्रदेशबाट ३÷३ जना निर्वाचित भएका छन् । मधेस प्रदेशबाट राजकुमारसिंह, हलेश्वर कपर, देवराज चौलागाई, गण्डकी प्रदेशबाट पूर्ण प्रसाद सुवेदी, बासुदेव रिजाल चयन भएका छन् । यस्तै बागमती बाट राजकुमार पौडेल, खेम प्रसाद दुलाल, रामकृष्ण ढुंगाना चयन भएका हुन ।
यस्तै कर्णालीबाट आशिष तिवारी चयन भएका छन् भने लुम्बिनी बाट राम बचत प्रसाद यादव, योगेश्वर गिरी चयन भएका हुन ।
यस्तै सुदुरपश्चिम बाट महेशप्रसाद पन्त, लालमणि राना, बासुवेद कार्की चयन भएका हुन ।
यस्तै कोशी प्रदेशबाट भेग बहादुर खड्का, यमनाथ सिटौला र जितेन्द्र पाण्डे चयन भएका हुन । कुनै पनि पदमा दोहोरो उमेद्बारी दर्ता नभएपछि निरविरोध रुपमा पदाधिकारी सहित सदस्य निर्वाचित भएको निर्वाचन मण्डलका हरि न्यौपाने, महेन्द्र गिरी र कृष्ण पन्थीले जानकारी दिए ।