
बुटवल, जेठ ।
अखिल नेपाल किसान महासंघ अन्र्तगतको खाद्यवाली किसान संघको केन्द्रीय प्रथम सम्मेलन बुटवलमा भएको छ । सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय पोलिटव्युरो सदस्य लिला गिरीले किसानहरुको हक हितको लागि सबै जना एक जुट भएर लाग्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै गिरीले किसान नै देशका मेरुदण्ड भएको भन्दै जसले उत्पादन गरेर भने संसार नै भोकै हुने भएको कारण किसानको सम्मानको लागि उनिहरुको, हक हित र पेशागत सुरक्षाको लागि सबै सरकारी निकायले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेता गिरीले किसान महासंघको आन्दोलनलाई एउटा घटक संस्थाको रुपमा रहेको खाद्यवाली संघले काम गर्नुपर्ने बताएका थिए । उनले किसान संघ हुँदै अखिल नेपाल किसान महासंघ रुपान्तरण भईसकेको संगठनले सिंगो किसानको उत्पादन वृद्धिमा समेत योगदान दिनुपर्ने बताएका थिए ।
अखिल नेपाल किसान संघको रुपमा काम गर्दै आएको स्मरण गर्दै पुर्व मुख्यमन्त्री गिरीले किसानको क्षेत्रमा धेरै काम गर्न नसकीएकोमा आफुलाई पछुतो लागेको समेत बताए ।
उनले भने–‘कृषि क्षेत्र, यसको विस्तार र विकासको लागि सबैले साथ दिन जरुरी छ । ’ अन्य संगठन जस्तो भन्दा किसानहरुको संगठन सिंगो आधा आकास भन्दा बढि संख्याको किसान भएको बताए । किसानको उन्नती, प्रगतिको लागि सबै जनाले गम्भिर भएर लाग्नुपर्ने अवस्था आएको भन्दै कृषिमा आधारित अर्थतन्त्रलाई जोगाउनको लागि सबैजनाले भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
किसानले अव आयात भन्दा पनि निर्यातामा जोड दिने गरी काम गर्न आवश्यक रहेको भन्दै नेता गिरीले अवको किसान उद्यमशिलता सहितको प्रर्वद्धन गर्ने अभियानमा लाग्नुपर्ने बताएका थिए ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु ईन्चार्ज प्रदेश सांसद गिरीधारीलाल न्यौपानले किसानको लक्ष्य अनुसार को काम गर्नको लागि सबै निकायले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा अखिल नेपाल किसान महासंघ केन्द्रीय सचिव आरती पौडेलले कृषि क्षेत्रमा ६० प्रतिशत भन्दा बढि जनसंख्या आश्रीत रहेको भएपनि सोही अनुसार विकास गर्न नसकीएको बताईन् । उनले कृषिका समस्या सबैको साझा समस्या भएको भन्दै ती समस्या समाधानको लािग सबैले आ आफ्नो भूमिका खेल्नुपर्ने बताएका थिए ।
कार्यक्रममा खाद्यवाली किसान संघका केन्द्रीय अध्यक्ष सीपी पौडेल, नेकपा एमाले केन्द्रीय सदस्य गोमादेवी आचार्य, अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव सरिता भुषाल लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा च्याउ उत्पादक किसान संघ लुम्बिनीका अध्यक्ष ऋषव पोेखरेलको सञ्चालनमा भएको थियो । भने स्वागत कर्णाली प्रदेश ईन्चार्ज मिना आचार्यले राखेकी थिईन् ।