फलफुल व्यवसायी महासंघको १६ औ स्थापना दिवस मनाईयो

बुटवल बैशाख । नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघको १६ औ स्थापना दिवसमा बुटवलमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । बुटवल उपमहनरपालिका वडा नम्बर ६ मा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रमा लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघको आयोजनामा शुभकामना अदान प्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष भरत खतिवडाले फलफुल तथा तरकारी व्यवसाय मानिसको दैनिक जीवन संग जोडीएकोले सरकारले अत्यावश्यक सूचीमा सूचिकृत गर्नुपर्नेधारणा राखेका थिए । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष खिम प्रसादघिमिरे, कृष्ण प्रसाद सञ्जेल, मुकुन्द गौतम, केन्द्रीय सदस्य बाबुराम भुषाल लगायतले शुभकामना दिएका थिए ।
यस्तै लुम्बिनी फलफल तथा तरकारी थोक व्यवसायी संघका संस्थापक अध्यक्ष गोपाल भुषाल, अध्यक्ष बाबुराम भुषाल, महासचिव मेघनाथ पौडेल, मोह्मद याकुव लगायतले शुभकामना दिएका थिए ।

© 2025 krishipatra All right reserved