
बुटवल बैशाख, नेपाल फलफल तथा तरकारी व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम भेला बुटवलमा सम्पन्न भएको छ । भेलाबाट लुम्बिनी प्रदेश स्तरिय समिति गठन गरिएको छ । अमृत बाबु भट्राईको अध्यक्षता प्रदेश स्तरिय समितिगठन गरिएको हो ।
तर्दथ समिति उपाध्यक्षमा दांगका मान बहादुर घर्ती चयन भएका छन् । यस्तै सचिवमा रुपन्देहीका टेक राज पन्थी,, सह सचिवमा बर्दियाका नविन विक, कोषाध्यक्षमा अर्घाखाँचीका जीवन खनाल चयन भएका हुन ।
यस्तै सदस्यहरुमा तेज प्रसाद गैरे गुल्मी, जीत बहादुर बुढाथोकी रोल्पा, मोह्मद मकसुर राईन बाँके, धिरज रसायली नवलपरासी, बहुद्दिन राइन दांग र सुमित्रा मुखिया अर्घाखाँची चयन भएका छन् । कार्यक्रमम मेघनाथ पौडेल, बाबुराम भुषाल, खेम प्रसाद घिमिरे, भरत खतिवडा ले बधाई तथा शुभकामना दिएका थिए ।