बुटवल उपमहानरपालिकाद्धारा मकै पोल्ने, सालको पात बेच्ने महिला श्रमिक नगद सहित सम्मानित

बुटवल बैशाख ।

अन्तराष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ । बुटवल उपमहानरपालिका विभिन्न स्थानमा अटो रिक्सा चलाउने महिला, सालको पात विक्रि गर्ने महिला र मकै पोलेर विक्रि गर्दै गुजारा गर्दै आएका श्रमिक महिलालाई नरपालिकामा विशेष कार्यक्रमको आयोजना गरी नगद सहित सम्मान गरिएको छ ।

३० जना महिला श्रमिकलाई नगद १०÷१० हजार सहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले श्रमिक दिवसको अवसर पारेर महिलाहरुको श्रमको सम्मानको रुपमा आर्थिक सहयोग सहित सम्मान गरिएको जानकारी दिए । गत बर्ष पनि सोही अनुसार तीन वटा श्रम विषयमा १०÷१० जना महिलालाई सम्मान गरिएको जानकारी दिदै नगर प्रमुख पाण्डेयले यो बर्ष पनि ३० जना र अर्को पनि पनि ३० जनालाई नियमित रुपमा सम्मान गरिने बताएका थिए । बुटवल उपमहानरपालिका सबैको साझा पालिका भएको अपनत्व निर्माणको लागि पनि पालिकाले यो कार्यक्रमा नगरसभाबाट निर्णय गरेर कार्यान्वयन गरिएको नगर प्रमुख पाण्डेयको भनाई छ ।
बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले अव महिला श्रमिकलाई उद्यमशंग जोड्ने गरी काम गर्नको लागि नगरपालिका तयार रहेको भन्दै सोही अनुसार योजना बनाएर लाग्नको लागि महिला श्रमिकलाई आग्रह गरिन् । अहिले पनि जंगल गएर सालको पात टिपेर बजारमा ल्याएर गुजारा गर्दै आएका महिलाश्रीमलाई दुना, टपरी, बौता खुट्ने तालिम समेत नगरपालिकलो निःशुल्क रुपमा उपलब्ध गराउने योजना रहेको भन्दै यसको पनि राम्रो बजार भएको बताईन् ।उनले सालको पात विक्रि गर्दै गर्दा संगै बौता, टपरी, दुना पनि विक्रि गर्दा अझ आम्दानी बढ्ने भन्दै यो तर्फ लाग्नको लागि आग्रह गरिकी थिईन् ।


कार्यक्रममा बुटवल उपमहानरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, हाटबजार व्यवसायी समितिका अध्यक्ष हुमाराम पोखरेल, सामाजिक शाखा प्रमुख तारा भुषाल लगायतले आ आफ्नो धाराण राखेका थिए । नगरले श्रमको सम्मानका लागि जनही १०÷१० हजारको दरले ३० जनालाई गरि ३ लाख बितरण गरेको हो । यसमा कर समेत नकाटी नगद दश–दश हजार दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

© 2025 krishipatra All right reserved