
बुटवल, बैशाख– नेपाल भेटेरिनरी एशोसीएसन , लुम्बिनी प्रदेशको साधारण सभा तथा अधिबेसनबाट डा. भरत काफ्लेको नेतृत्वमा सर्वसम्मत नयाँ समिति गठन गरिएको छ । पशुरोग अन्वेषण प्रषेगशाला नवलपरासीका प्रमुख डा. काफ्ले लेअव एशोसीयसनको सिंगो लुम्बिनी प्रदेश हाक्ने छन् ।
नयाँ गठन गरिएको समितिको उपाध्यक्षः डा. मनिश गौतम , सचिबः डा. अभिनास क्षेत्री, सह–सचिबः डा. सन्जय श्रेष्ठ, कोषाध्यक्षः डा. सुमित सिंह जिसि चयन भएका हुन । यस्तै सदस्यहरुमा डा. नारायण पौडेल, डा. सुरज थारु, डा. जगदिश रिजाल, डा. प्रतिभा थापा मगर डा. शिसिर भट्टराई , डा. रेगम पोख्रेल चयन भएका हुन ।