
बुटवल, फागुन ।एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ अन्र्तगत पाल्पा जिल्लाको क्षेत्र नम्बर २(ख)मा सांसाद तुलबहादुर घर्ती(बसन्त)को क्षेत्र झ्याङ्ला स्मार्ट कृषि गाउँ घोषणा भएको छ ।
पाल्पा जिल्लाको तिनाउ गाँउपालिका वडा नम्बर–२ झ्याङ्लामा स्मार्ट कृषि गाउँ शुभारम्भ गरको हो । झ्याङ्ला स्मार्ट कृषि गाउँ को सोमबार प्रदेश ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कुराको खेती को लागि मात्रै नभई खेतीका कुरा गर्नको लागि स्मार्ट कृषि गाउँ अभियानको शुभारम्भ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो –‘ कृषक लाई हुने खाने र सुखी कृषक बनाउने उदेश्यका साथ कार्यक्रम ल्याएको हो ।’
पाल्पा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ प्रदेश सभा सदस्य तुलाराम घर्ती(बसन्त) को निर्बाचन क्षेत्र अन्र्तगत पाल्पाको झ्याङ्लामा स्मार्ट कृषि गाउ शुभारम्भ गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा संसाद घर्तीले कृषि क्षेत्रबाट नै प्रदेशको समृद्धि हुने अपेक्षा सहित ल्याएको योजनामा सबैले साथ दिनुपर्ने बताउनुभयो ।
झ्याङ्ला स्मार्ट कृषि गाउँ कार्याक्रम कार्यन्वयन समितिका अध्यक्ष चोपलाल गिरी को अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा तिनाउ गाउँपालिका का अध्यक्ष ओम बहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख किशोरमान श्रेष्ठ को विशिष्ठि आतिथ्यता रहेको थियो ।
यस्तै तिनाउ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठ, ३ का अध्यक्ष प्रेम प्रसाद पाण्डे, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बालि विकास अधिकृत सुमन खनाल, पशु विकास अधिकृत आवास काईराला, कृषि ज्ञान केन्द्र पाल्पाकाकृषि अर्थ विज्ञ ज्ञान कुमार यादव, कृषि मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकाय लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।