पाल्पामा सुन्तला महाेत्सव २ पालिकामा स्थानीय विदा

पाल्पा, मंसिर । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले संयुक्त रूपमा दोस्रो सुन्तला महोत्सव आयोजना गर्न लागि स्थानीय बिदा दिने निर्णय गरेका छन्। मङ्सिर २३ गते आइतवार हुने महोत्सवको तयारीका लागि दुवै पालिकाले स्थानीय बिदा दिइरहेका हुन्। महोत्सवले सुन्तलाको उत्पादन, बजार प्रवर्द्धन र सुन्तलाबाट बन्ने परिकारका साथै बगैँचा व्यवस्थापनका सीप र ज्ञानको विकासमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूले बताएका छन्।

रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलका अनुसार, महोत्सव कटौजेपानी खेल मैदानमा आयोजना हुनेछ। यस महोत्सवलाई दुवै पालिकाका अध्यक्ष रुक्मागत भट्टराई र नारायणबहादुर कार्कीले नेतृत्व गर्दै आयोजक समितिले विशेष तयारी गरेको छ।

© 2026 krishipatra All right reserved