रुपन्देहीका पशुचाैपायमा अब नि:शुल्क कृत्रिम गर्भाधान

बुटवल, कार्तिक- रुपन्देहीका किसानले पाल्दै आएका पशु चाैपायामा अब निशुल्क कृत्रिम गर्भाधान गराईने भएकाे छ ।भैंसी, गाई, बाख्रा , बंगुर लगायतका चाैपायमा अब प्रदेश सरकारले निशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सुरु गर्न लागेकाे छ ।
जिल्ला स्थित भेटेरीनरिअस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले स्थानीय पालिकाकाे सहकार्यमा याे कार्यक्रम सुरुवात गर्न लागेकाे हाे ।
साेहि कार्यक्रम अन्तरगत बुटवलमा रुपन्देही जिल्लामा रहेका सरकारी निकाय अन्तरगत स्थानीय पालिका र निजीरुपमा समेत पशु चाैपायमा कृत्रिम गर्भाधानमा सहभागी ईन्सिमेटरहरुकाे लागि अभिमुखिकिकरण कार्यक्रम गरिएकाे छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रुपन्देही काे आयाेजनामा अभिमुखिकरण कार्यक्रम गरिकाे हाे ।अभिमुखिकरण कार्यक्रम समुदघाटन कार्यक्रममा बाेल्दै जिल्ला संमन्वय समितिका प्रमुख उमाकान्त चापागाईले स-सानाे प्राविधिक कमजोरी ले ठुलाे प्रभाव पार्ने भन्दै उसमा पशु स्वास्थ प्राविधिक ले विशेष ख्याल गर्नुपर्ने बताएका थिए ।
उनले पशु प्राविधिक विचमा प्रतिष्पर्धा भन्दा पनि सहयाेगीरुपमा सहकार्य गरेर काम गर्नुपर्ने बताएका थिए ।
उनले कृत्रिम गर्भाधानले पशुबाट उत्पादकत्व बृद्धि हुने बताएका थिए ।गाई भैंसी, बाख्रा, भेडा, बंगुर मा गरिने कृत्रिम गर्भाधानले उत्पादकत्व वृद्धि हुने भएकाे कारण सरकारले यसमा जाेड दिएकाे बताए ।।
कार्यक्रम मा कार्यपत्र पत्र प्रस्तुत गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख बरिस्ठ मत्स्यविकास अधिकृत दिपक भुषालले रुपन्देही दूध र मासुमा आत्मनिर्भर भएकाे बताए । पशु स्वास्थ प्राविधिक हरुकाे संख्या कम हुनुकाे बाबजुद पनि पछिल्लो समयमा रुपन्देही सफल जिल्लाकाे रुपमा पहिचान स्थापना गर्न सफल भएकाे बताए ।
उनका अनुसार प्रदेशमा भएकाे कुल कृतिम गर्भाधान मध्ये आधा भन्दा बढि हिस्सा रुपन्देही ले समेट्न सफल भएकाे बताए ।
जिल्लामा प्रदेशकाे कुल कृतिम गर्भाधान मा ४७.७ प्रतिशत आेगट्न सफल भएकाे बताए ।जिल्ला मा अहिले नि:शुल्क कृतिम गर्भाधान कार्यक्रम लागू गरिएकाे जानकारी दिदै कार्यविधि अनुसार सुचिकृत किसान गरि ईन्सिमिटरहरुले एआईबापत रकम भुक्तानी पाउने व्यवस्था गरिएकाे जानकारी दिए ।
कृत्रिम गर्भाधान कर्ताले एउटा गर्भाधान गराए बापत १ पटक किसान बाट निशुल्क गराउनुपर्ने कार्यविधि बनाईएकाे जानकारी दिए ।
किसानले कृत्रिम गर्भाधान गराए बापत एउटा पशु बापत १ पटक निशुल्क पाउने छन ।
रुपन्देहीमा निशुल्क कृत्रिम गर्भाधानकाे लागि चालू आर्थिक बर्षमा ८० लाख रुपैया बिनियाेजन गरिएकाे छ।

कार्यक्रम मा राष्ट्रिय पशु प्रजनन कार्यक्रम नेपालगञ्ज बाँकेका पशु विकास अधिकृत डा.मिलन कुमार चाैधरी, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय रुपन्देही का बरिस्ठ अधिकृत ऐश्वर्या आचार्य , भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देही का बरिस्ठ मत्सय विकास अधिकृत डा.रुचि श्रीवास्तव, अधिकृत टुकराज न्याैपानेलगायत ले आ आफ्नाे भनाइ राखेका थिए ।
कृत्रिम गर्भाधान गराउने प्रविधिकहरुले एउटा पशु मा कृत्रिम गर्भाधान गराएवापत ४००/- रुपैया पाउनेछन । जसमा नियमअनुसार कर कट्टि गरिने छ ।

© 2025 krishipatra All right reserved