Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

पाल्पाको तिन्टीआँप खेलमैदानमा दोस्रो कृषि मेला आयोजना हुँदै

बुटवल, फागुन- मदनपोखरा संगम बहुउदेश्यीय सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा नम्बर ९ तिन्टीआँप पाल्पाको आयोजनामा दोस्रो कृषि मेला २०८० हुने भएको छ । यहि चैत ३ गते मेला आयोजना हुने भएको हो । मेलामा प्रतियोगीतात्मक कृषि प्रर्दशनी, रैथाने बाली प्रर्दशनी, प्रतियोगीतात्मक कुखुरा बाख्रा प्रर्दशनी, कृषि यन्त्र उपकरणको प्रर्दशन गरिने मेला मुल आयोजक समितिका संयोजक घनश्याम घिमिरेले जानकारी दिए ।
संयोजक घिमिरेका अनुसार मेलामा बीऊ बिजनको प्रर्दशनी तथा विक्रि वितरण, नर्सरी विरुवा विक्रि वितरण गरिने छ ।
यस्तै मेलामा पशु रोग निदान तथा गोबर परिक्षण, कृषि सम्बाद कार्यक्रम, कृषि परिकारहरुको स्टल, प्लान्ट क्लिीनक, जैविक मल उत्पादन तथा प्रर्दशनी र माटो परिक्षण शिविर समेत आयोजना गरिने भएको छ ।
तानसेन नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय प्रर्वद्धक रहेको मेलामा राष्ट्रिय कलाकार पशुपति शर्माको विशेष प्रर्दशनी समेत रहने छ ।
मेला आयोजनामा कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेश, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई पाल्पा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा, कृषि ज्ञान केन्द्र पाल्पा, कृषि सेवा केन्द्र दमकडा, पशु सेवा केन्द्र दमकडा, हेफर ईन्टरनेशनल नेपाल, ग्रामिण आर्थिक विकास संघ(रेडा) पाल्पा, लुम्बिनी मेडिकल कलेज लगायतका संस्था सहयोगी निकायकोे रुपमा रहेका छन् ।

© 2026 krishipatra All right reserved