
बुटवल, फागुन–अहिले बजारमा बन्दा गोभीको भाऊ न्युन छ । किसानले उत्पादन गरेको बन्दाले उचित बजार नपाएपछि विभिन्न स्थानमा डोजर लगाएका समेत घटना सार्वजनिक भएका छन् । रूपन्देही र आसपासमा नेपाली किसानहरूले उत्पादन गरेको बन्दाले उचित भाउ पाउन सकेको छैन ।
नेपाली किसानहरूको उत्पादले भाउ नपाएको तितो यार्थथकै बीचमा भारतबाट समेत अवैध रूपमा आयात गरिएको तरकारी को कारण किसानले खेतमै डोजर चलाउन बाध्य भएको बताएका छन् ।
यसै सन्दर्भमा नेपाली बजारमा बन्दाको भाउले उचित मूल्य नपाएपछि बुटवलमा रहेको पंैचो पसल प्रालिलले किसानबाट प्रतिकिलो १०–१५ मा किनेर किनेर उपभोक्तालाई निःशुल्क रूपमा बन्दा वितरण गरेको छ ।
पैचो पसल प्रालिका सञ्चालक तथा सञ्चार संयोजक शरण कर्मचार्यले पसलमा तरकारी लिन आउने उपभोक्तालाई निशुल्क रूपमा बन्दा उपलब्ध गराउँदै आएको जानकारी दिए । बजारमा नेपाली बन्दाको मूल्य बजार मूल्य २, ५ रूपैयाँ प्रतिकिलो रहेकोमा आफूले किसानहरूबाट किसानको लागि १५ देखि १८ रूपैयाँ प्रतिकिलो बन्दा खरिद गरी निःशुल्क वितरण गरिएको जानकारी दिएका हुन् ।