Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

नवलपरासीमा पशु स्वाथ्य शिवर आयोजना

बुटवल । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजना तथा नेपाल भेटेरिनरी एशोसीयसन लुम्बिनी प्रदेशको सहकार्यमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर १५ सुक्रौलीमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा ल्याइएका गाईभैसींमा पोषणसँगै बाझोपनको समस्या र बाख्राहरुमा किर्ना र निमोनियाको समस्या देखिएको देखिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक डा. प्रवेशसिंकुँवरले जानकारी दिए ।

शिविरमा किर्ना देखिएका बाख्राहरुलाई खोप प्रदान गरिएको थियो भने बाँझोपन देखिएका पशुचौपायहरुलाई भेटेरिनरी तथा पशु विज्ञ केन्द्रमा उपचारका लागि जान किसानहरुलाई सल्लाह दिइएको निर्देशनालय निमित्त निर्देशक कुँवरले जानकारी दिए ।
चार जना पशुचिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेको शिविरमा रोगको पहिचान गरी किसानहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा १०, १६ र १५ नम्बर वडाका ३ सय घरधुरीका करिब १५ सय पशुचौपायको स्वास्थ्य परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

© 2026 krishipatra All right reserved