Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

बुटवल उद्योग बाणिज्य संघले माघमा कृषि मेला गर्ने

बुटवल मंसिर-  बुटवल उद्योग वाणिज्य संघ रुपन्देही आगामी माघमा कृषि मेला गर्ने भएको छ । सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको २५ देखि २९ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको हो । यसैविच संघले कार्यसमिति सदस्य मनोनित गरिएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले विधान बमोजिम मनोनित गर्नुपर्ने कार्यसमिति सदस्य पदमा मनोनित गरिएको हो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उद्योग सदस्य पदमा सुरेन्द्रमुनी शाक्य, वाणिज्य सदस्य पदमा नरिश्वर शर्मा पौडेल र कृषि सदस्य पदमा मोह्मद याकुवलाई मनोनित गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै बैठकले परामर्शदाता पनि चयन गरिएको छ । राजश्व परामर्शदातामा सिए हरि लम्साल, कानुनी परामर्शदातामा अधिवक्ता बाबुराम पाण्डे, सूचना तथा सञ्चार परामर्शदातामा पत्रकार दामोदर खनाल, पर्यटन परामर्शदातामा पत्रकार महेन्द्र थापा, कृषि परामर्शदातामा डा.प्रदिपशर्मा पौडेल, विमा परामर्शदातामा रमेशबहादुर थापा, पूर्वाधार तथा प्राविधिक परामर्शदातामा ईञ्जिनियर कुशुम ज्ञवाली, आर्थिक परामर्शदातामा नारायण घिमिरे र औद्योगिक क्षेत्र प्रवद्र्धनमा रत्नहरी गौतमलाई चयन गरिएको छ ।
त्यसैगरी आन्तरिक समिति पनि चयन गरिएको छ ।


आन्तरिक समिति तर्फ सामाजिक तथा मेलमिलापमा निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू, अन्तर्राष्ट्रिय÷राष्ट्रिय उद्योग तथा व्यापार अनुगमन, ओएसएस, पदपूर्तिमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उर्जा उद्योग, रोजगारदाता, अन्तराष्ट्रिय सम्वन्धमा उद्योग उपाध्यक्ष सुरज भट्टराई, कर राजश्व भन्सार तथा स्थानीय तह समन्वयमा वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, सचिवालय तथा कर्मचारी व्यवस्थापन तथा परिचालनमा महासचिव मुक्तिप्रसाद अधिकारी, आर्थिक स्रोत तथा लेखा व्यवस्थापनमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, कार्यालयको आन्तरिक तथा कार्यक्रम व्यवस्थापनमा सचिव प्रतिक पोखरेल र व्यवसायिक हित कोष तथा विमामा सहकोषाध्यक्ष धनाकुमारी खनाललाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तैगरी कार्यसमिति सदस्य निर्मित कसजूलाई कार्यशाला तथा तालिम व्यवस्थापन, कार्यसमिति सदस्य बालकृष्ण पौडेललाई उद्योग व्यापार पत्रिका प्रकाशन तथा सार्वजनिक निजी साझेदारी कार्यक्रम व्यवस्थापन र कार्यसमिति सदस्य उमेश अमात्यलाई स्टार्टअप विजनेशको जिम्मेवारी प्रदान गरिएको महासचिव अधिकारीले जानकारी गराए ।

© 2026 krishipatra All right reserved