बुटवल मंसिर- बुटवल उप–महानगरपालिका वडा नम्बर–११ मा रहेको अमुल डेरी एण्ड बेभरेज नेपाल प्रालिको दोस्रो सार्बजनिक सुनुवाई गरेको छ ।
नेपाल लाईभस्टक सेक्टर ईनोभेषन आयोजनाबाट दुग्ध तथा दुग्धजन्य पदार्थ (आईसक्रिम) उत्पादन तर्फ अनुदानप्राप्त गरेको प्रालिले दोस्रो सार्बजनिक सुनुवाई गरेको हो ।
दुध प्रशोधन गरी विभिन्न स्वादमा गुणस्तरिय आईसक्रिम उत्पादन गर्ने, आधुनिक प्राविधिहरुको प्रयोग गरी गुणस्तर आईसक्रिम उत्पादन क्षमता बृद्धि गर्ने, आईसक्रिम भण्डारण क्षमता बृद्धि गर्ने, सरल र सहज ढुवानीको लागि वातानुकुलित गाडीहरुको प्रयोग गरी ढुवानी क्षमता बृद्धि गर्ने सहित आईसक्रीम बिक्रि प्रर्बद्धनको लागि बजारको विस्तार गर्ने र स्थानीय स्तरमा रोजगारी सृजना गर्ने मुख्य उदेश्य अमुलक डेरी एण्ड बेभरेज नेपाल प्रालिको रहेको उप आयोजना व्यवस्थापक अर्जुन अधिकारीले जानकारी दिए ।
कुल १ करोड ७० लाख लागतमा जारी उप–आयोजनमा आयोजनाबाट कुल ८५ लाख पुरक अनुदान रहेको छ । जसमा मुक्तिनाथ विकास बैंकले कुल ५१ लाख ३२ हजार कर्जा लगानी गरेको छ भने प्रालिको कुल ३३ लाख ७९ हजार ९ सय २१ रुपैयाँ लागत रहेको छ ।
वि.स. २०७८ साल फागुन महिनामा सुरुवात भएको उप–आयोजना २०८० मंसिरमा समापन हुँदै छ । सार्वजनिक सुुनुवाई कार्यक्रममा प्रालिका अध्यक्ष चिनु श्रेष्ठ, मानअधिकार तथा शान्ती समाज रुपन्देहीका अध्यक्ष खिम प्रसाद भट्राई(कृष्ण), नेपाल डेरी एशोसीयसनका लुम्बिनी प्रदेश सचिव विजय सापकोटा लगायत स्थानीय बासीन्दा, कर्मचारी लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।















