बुटवलमा ६ सय पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप

बुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिनुभयो।वडा नं १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी गाइ र भैसीलाई लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो।बुटवलमा करीब ६७ सय पशु रहेको र सबैलाई नै खोप लगाउने गरी तयारी गरेको र खोप आपूर्ति भइरहेको उहाँले बताउनुभयो। भैसीमा भन्दा गाईमा बढी संक्रमण देखिएकोले सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो।

अहिलेको मौसममा यो रोगको भाइरस बोक्ने भेक्टर भनिने लामखुट्टे, झिँगा, किर्ना, उपियाँ, जुम्राको धेरै उत्पादन हुने तिनले धेरै सार्ने सम्भावना रहने भएकाले छिटो फैलिनसक्ने उहाँको भनाई छ।

© 2026 krishipatra All right reserved