
बुटवल / प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको छ ।
बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ २६ गतेसम्म चल्ने मेलाको प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले बिरुवामा पानी सिचित गरी उदघाटन गनुभएको छ । ।
मेलाको उदघाटन गर्दै मुख्यमन्त्रि पोखरेलले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाले प्रदेशको बिकासको पहिलो आधार कृषि र त्यपछी उद्योग र पर्यटन रहेको बताउनुभयो ।
मुख्यमन्त्रि पोखरेलले कृषिको व्यवसायीककरणका लागि किसानलाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्नु पर्ने बताउनुभयो ।
किसानलाई मालिक बनाउने योजना छः मन्त्री पौडेल
कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई नै मालि बनाउने योजनाका साथ मन्त्रालय अगाडी बढीरहेको बताउनुभयो । उहाले जव सम्म किसानले व्यवसायीकीकरणमा अगाडी बढ्न सक्दैनन तव देश कृषिमा विकास संभव नभएको भन्दै मन्त्री पौडेलले यसमा सबैले साथ दिनको लागि आग्रह गर्नुभयो ।
उहाले भन्नुभयो–‘कृषि क्षेत्रमा मन्त्रालयले धेरै कार्यक्रम ल्याएको छ , किसानहरुलाई बढि भन्दा बढि सयमा सहभागी हुनको लागि मा आग्रह गर्दछु’
मन्त्रालयले बास्तविक किसान पहिचान गरेर अयोजना अगाडी बढाउने भन्दै मन्त्री पौडेल ले यसमा दुई मत नभएको बताउनुभयो ।
मेलामा गाउका उत्पादनदेखि कृषिका प्रबिधिका एक सय २६ स्टलको सहभागिता रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले जानकारी बताउनुभयो ।
मेलाका अवसरमा ६ दिनसम्म बुटवलमण्डपमा कृषि केन्द्रीत प्रतियोगिता, अन्तरक्रिया गोष्ठि र सचेतनाका कार्यक्रमहरु पनि आयोजना गरीदै छ ।
मेलामा प्रदेश नम्वर ५ को उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उपमहानगरपालिका र किसानका लागि उन्नत बिउबिजन कार्यक्रम प्रबद्र्धकको भुमिकामा रहेका छन ।
२०६२ सालदेखि पहिलो पटक कृषि मेला आयोजना बुटवल उद्योग वाणिज्य संघले राष्टिय औद्योगिक व्यापार मेला आयोजना नगर्दाको बर्ष कृषि मेला गर्दै आएको छ । संघले बिशिष्किृत रुपमा आयोजना गरेको यस बर्षको कृषि मेला नवौ सस्करणको रहेको छ ।