अखिल नेपाल किसान महासंघ रुपन्देहीमा पन्थी

बुटवल, फागुन । अखिल नेपाल किसान महासंघ रुपन्देही जिल्लाको सातौं सम्मेलन बाट अध्यक्षमा कृष्ण प्रसाद पन्थी सर्वसम्मत रुपमा चयन भएका छन् । रुपन्देहीमा भएको भेलाबाट उपाध्यक्षमा श्याम नारायण शर्मा, सचिव टेक प्रसाद अर्याल, सह – सचिव लक्ष्मी क्षेत्री, कोषाध्यक्षमा हुमकान्त बस्याल  चयन भएका हुन । ४१ सदस्य नयाँ नेतृत्व चयन भएको थियो ।

सम्मेलनमा अखिल नेपाल किसान महासंघका राष्ट्रिय कमिटीका अध्यक्ष डा. प्रेम दंगाल, अखिल नेपाल किसान महासंघको सचिव सरिता भुषाल, सचिवालय सदस्य कविराम अर्याल, महेन्द्र गिरी नेकपा एमालेका रूपन्देही का अध्यक्ष तेजेन्द्र के.सी, सचिव यज्ञ गैरे,उपसचिव चित्र ब.कार्की लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

© 2026 krishipatra All right reserved