
बुटवल, माघ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा यहि माघ २१ गते बाट बुटवलमा हुने कृषि मेलाको मुख्यमन्त्री शंकर पोखरेलबाट हुने भएको छ । प्रसार प्रसार संयोजक करुण खनालका अनुसार २१ गते विहान ११ बजे मुख्य मन्त्री शंकर पोखरेलल मेलाको समुद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको हो । यस अघि माघ २१ गते दिउँसो १ बजे मेलाको उद्घाटन हुने कार्यक्रम तय गरिएको थियो ।
‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ मेला ५ दिन सम्म चल्ने छ । मेला आयोजक मुल समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले मेलाको सबै तयारी पुरा भएको जानकारी दिनुभयो ।
मेलाको तयारीको विषयमा जानकारी दिन मेला सचिवालय बुटवल–१० बुटवल मण्डपमा स्टल निर्माण देखि लिएर स्टेज निर्माणको कार्य समेत पुरा भएको छ ।
मेलाका उद्देश्यहरु
– प्रदेश नं।५ र यस आसपासका जिल्लाहरुमा उच्च मूल्य जाने नगदेवाली र तरकारीजन्य उत्पादनमा सहयोग पु¥याउने ।
– आधुनिक कृषि प्रविधि, विउ–विजन, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी अवलोकनकर्ता कृषक लाई दिई आधुनिक कृषि उत्पादन सम्बन्धी प्रविधी हस्तान्तरण गर्ने ।
– वैकल्पिक उर्जा सम्बन्धि जनचेतना अभिवृद्धि गरी यसको प्रयोगमा व्यापकता ल्याउन सहयोग पु¥याउने ।
– उपभोक्ता बिच स्वदेशी उत्पादनहरुको पहिचान, प्रचार–प्रसार एवं उपभोगको चाहना अभिवृद्धि गरी किनमेलमा प्रोत्साहित गर्ने ।
– उद्योगी–व्यापारी र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्कको विस्तार गरी उत्पादन एवं सेवाहरु प्रति उपभोक्ताको चाहना बारे जानकारी लिने र उत्पादन प्रति विश्वास अभिवृद्धि गर्ने ।
– उत्पादित कृषि उपजको सुरक्षित र मुनाफायुक्त बजारको पहिचान गराई उत्पादक र क्रेता विच समन्वय गर्ने ।
– यस क्षेत्रमा खपत हुने दुग्धजन्य, मासुजन्य, फलफूलजन्य, तरकारीजन्य तथा तुलानात्मक एवं प्रतिस्पर्धी क्षमता भएका अन्य कृषि उपजहरुको व्यवसायीक उत्पादन तर्फ उत्मुख गराउने ।
– बुटवललाई कृषि उपजको बृहत संकलन केन्द्रको रुपमा स्थापित गराउदै निकासीयोग्य कृषि उत्पादनमा जोड दिदै निर्यात प्रवद्र्धन गर्ने ।
– कृषि उद्यमी, व्यवसायी एवं कृषक समूह तथा संघ सस्थाहरुसंग अन्तरक्रिया र गोष्ठीको माध्यमबाट गुनासा एवं सुझाव संकलन गरी कार्यान्वयनका लागि सम्बन्धीत निकायहरुमा पहल गर्ने ।
(कृषिमा आधारित उद्योगमा लगानीकर्ताहरु आकर्षित गर्ने ।
– दुग्धजन्य वस्तुको उत्पादन बृद्धि एवं विविधिकरणमा सहयोग पु¥याउने ।
– विशिष्टीकरण मेलाहरुलाई स्थापित गर्ने ।
मेलाका विशेष आकर्षणहरु
माटो परिक्षण शिविर
कृषि पेशामा व्यवसायिकता बढ्दै जादा माटोमा अम्लियपना वृद्धि हुनुका साथै माटोको उर्वरा शक्तिमा हृास आई उत्पादन एवं उत्पादकत्वमा प्रतिकुल असर परिरहेको छ । यसै सन्दर्भमा माटो परिक्षण सम्बन्धि कार्यका सम्बन्धमा जनचेतना फैलाउने तथा आवश्यक परामर्श दिने उद्देश्यले माटो विज्ञहरुबाट माटो परिक्षणको व्यवस्था मेला स्थलमा मिलाएका छौ । जसअन्तर्गत किसानहरुले लिएर आउने माटोको च्बउष्म र विस्तृत परिक्षण केन्द्रिय एवं स्थानीय विज्ञहरु एवं नेपालको आधुनिक एवं सुविधा सम्पन्न एक मात्र क्यष् ित्भकत ख्बल का माध्यमबाट गर्ने व्यवस्था मिलाएका छौं । माटो परिक्षणका आधारमा किसानहरुलाई सोही सम्बन्धी आवश्यक परामर्श उपलब्ध गराउने ।
उन्नत जातका विउविजनको बिक्री वितरण
किसानका लागि उन्नत जातका बिउ विजन सरल र सहज रुपमा पु¥याउने उद्देश्यले स्थानीय रुपमा उत्पादित विभिन्न उन्नत जातका विउविजनहरुको प्रर्दशनी एवं विक्री वितरण गर्ने उद्देश्यले मेला स्थलमा छुट्टै पेभिलियनको व्यवस्था मिलाइएको छ । जस अन्तर्गत रोल्पा र म्यादी जिल्लाका विउविजन ः– मार्फा रायो, टेक्सानी मुला, स्नुगर काउली, खुमल रायो, मुनावर्ती मुला, चालिस दिने मुला, चौमासिक सिमि, केराउ, सेमलारः– धान, गहुँ लगायत अन्य विउविजनको खरिद मेला स्थलबाट गर्न सकिनेछ ।
बोटविरुवा स्वास्थ्य परिक्षण शिविर
किसानहरुको बालीनालीमा लागेको रोग विषादीको उपचारका लागि मेला स्थलमा बोटविरुवा स्वास्थ्य परिक्षण शिविर संचालनको व्यवस्था मिलाएका छौ । किसानहरुले लिएर आएका रोग विषादी लागेको बोटविरुवाहरुको वनस्पति विज्ञहरुद्धारा परिक्षण गरी समस्याको पहिचान गर्ने व्यवस्था एवं कृषि सम्बन्धि अन्य परामर्शको व्यवस्था मिलाएका छौ । बोट विरुवा परिक्षणका लागि सरकारी निकायहरु संगको अन्तर सम्बन्धलाई सुढृण बनाउने अपेक्षा लिइएको छ ।
कृषि कर्जा तथा बिमा
नेपाल सरकारले कृषि क्षेत्रका लागि ल्याएको सहुलियत पूर्ण ऋण र ब्याज अनुदान तथा कृषि विमा सम्बन्धी सेवाहरु वित्तिय तथा बिमा संस्थानहरुबाट सरल र सहज रुपमा प्राप्तीका लागि वित्तिय र बिमा संस्थाहरुको स्टल राखी सेवा सम्बन्धि विस्तृत जानकारी दिने व्यवस्था मिलाइएको छ ।
स्थानीय खानाका परिकार
स्थानीय कृषि उपज उत्पादनहरु माछा, च्याउ, कोदो, केरा आदिका विविध खानामा परिकारहरु उपभोक्तामाझ पस्किने हिसावले खाना महोत्सवको आयोजनाको व्यवस्था मिलाइएको छ ।
अन्य आकर्षणहरु
– नेपालका ४५ जिल्लामा उत्पादित कृषि उपजहरुको प्रदर्शनी एवं प्रतियोगिता
– कृषि सुचना केन्द्र मार्फत आधुनिक प्रविधी सम्बन्धी जानकारी एवं परामर्श
– टर्कि, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी
– पशुपंक्षी परामर्श सेवा, बजार व्यवस्थापन, पालन विधी, खोप तथा खोरको बारेमा जानकारी
– रासायनिक मिसावट पत्ता लगाउने घरायसी उपायहरु बारे जानकारी
– व्यवसायिक कृषि बहस
– अन्तरक्रिया गोष्ठी
– १८५ किलोको बोका
– अन्तर उच्च माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता
– विविध सांस्कृतिक कार्यक्रम