पशु स्वाथ्य तथा पशु सेवा व्यसायी परिषद् ऐन जारी भएको खुसीयालीमा लुम्बिनीमा दिप प्रज्जवलन

बुटवल, असोज – सम्मानित राष्ट्रपती विद्यादेवी भण्डारीबाट पशु स्वाथ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन’–२०७९ जारी भएको खुसियालीमा लुम्बिनी प्रदेशका दिप प्रज्वलन तथा अन्तरक्रिया गरिएको छ ।
विभिन्न ३ वटा पशु स्वाथ्य प्राविधिक संघ संस्थाहरु नेभ्ला, नेल्टा र नासाको संयुक्त आयोजानमा प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय परिषरमा दिप प्रज्व्लन गरिएको नेपाल पारा भेटेनरी एण्ड लाईभस्टक एशोसीएसन लुम्बिनी प्रदेश संयोजक हुमकान्त पाण्डेयले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला संमन्वय समितिका संयोजक उमाकान्त चापागाईंले पशु स्वाथ्य प्राविधिकहरुको २५ बर्ष देखिको माग अनुसार अहिले विधेयक जारी भएकोका खुसिलागेको बताए । उनले विगत लामो समय देखि पशु स्वाथ्य प्राविधिक ज्यान जोखिममा राखेर काम गर्दै आएकोमा अव बन्ने नियमावलीले यसलाई समेटेर जाने बताए । उनले लामो समयदेखि को अभियानले सार्थकता पाएको भन्दै अभियानमा साथमा साथ लागेर अगाडि बढ्नुको विकल्प नभएको समेत बताए ।
नेपाल एनिमल साईन्स एशोसियसन, लुम्बिनी प्रदेश संयोजक (नासा) लुम्बिनी प्रदेश संयोजक तुलसिराम भण्डारीपेशाकर्मिको बैधानिक सुरक्षा प्रदान गरेको भन्दै किसान प्रति जवाफदेही बनाएको बताए । उनले अव बन्ने नियमावलीमा समेत थप सल्लाह सुझाव सहित ल्याउनुपर्ने र थप संठित भएर आगामी कामलाई पुर्णता दिनुपर्ने बताए ।
नेपाल निजामती कर्माचारी प्राविधिक समाज लुम्बिनी प्रदेश महासचिव तथा कृषि तथा भुमि व्यवस्था मन्त्रालयका भुमि व्यवस्थापन तथानंशांकनमहाशाखा प्रमुख अनिल मरासिनी पेशगत पशुस्वाथ्यकर्मीहरुको लामो समयको आन्दोलनले केही पूर्णता पाएको बताएका छन् । उनले पशु स्वाथ्य सेवा प्राविधिक ऐनलेले धेरै कुरा समेटेको कारण नै दिपावली गर्नुपरेको बताएका थिए ।
नेपाल पारा भेटेनरी पुर्व केन्द्रीय अध्यक्ष लोकराज भुषालले लामो समय सम्मको लाडाईले सफलता पाएको भन्दै खुसियालीको समय भएको बताए । कार्यक्रममा लेल्भा केन्द्रीय उपाध्यक्ष धन बहादुर खड्का, लेल्टा केन्द्रीय सदस्य लक्ष्मण घिमिरे, टुकराज न्यौपाने लगायत नेल्टा, लेभ्ला र नासाका जिल्ला समिति, प्रदेश समिति, केन्द्रीय समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो । साथै तिन वटै प्राविधिक संस्थाको आह्वनमा संघ, प्रदेश र स्थानीय तहमा समेत दिपावली गरिएको जनाइएको छ ।

© 2025 krishipatra All right reserved