पश्चिम नवलपरासीका केरा किसान आन्दोलित

  • स्थानिय तहका कार्यालयमा तालाबन्दी गर्ने देखि राजमार्ग अवरुद्ध सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक
  • पश्चिम नवलपरासी – खेतमा विक्रिका लागी तयार भएको केराले बजार नपाएपछि पश्चिम नवलपरासीका केरा किसान आन्दोलित भएका छन् । भारतिय केराका कारण नेपाली केराको विक्रि ठप्प भएको भन्दै उनिहरुले भारतबाट भित्र्ने केरा जफत गर्ने जनाएका छन् । तिनै तहका सरकारलाई पटक पटक भारतिय केराको आयात रोकि नेपाली केराको बजारीकरण गरिदिन माग गरेपनि सुनुवाई नभएका कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए ।

    परासीमा पत्रकार सम्मेलनको आयोजना गरी केरा उत्पादक संघले भारतिय केरा भित्रिएमा जफत गर्ने, स्थानिय तहका कार्यालयमा तालाबन्दी गर्ने देखि राजमार्ग अवरुद्ध सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । स्थानिय तह हुदै जिल्ला प्रशासनलाई मार्फत समस्या समाधानको लागी आग्रह गरेपनि सुनुवाई नभएपछि केन्द्र सरकारलाई समेत ध्यानआर्कषण गराएको भएपनि केराले बजार पाउन नसकेको अध्यक्ष यादवले गुनासो गरे । ‘भारतीय केरा प्रति कोसा ८ रुपैया लागतमा खरिद गर्न व्यापारी तयार हुने तर नेपाली केरा ४ रुपैयामा पनि किन्न नखोज्ने कस्तो विडम्बना हो’ अध्यक्ष यादवले भने । केराले बजार नपाउदा विस्तारै पाकेर झर्न थालेको छ भने रोगको जोखिम पनि बढेको छ । गत वर्ष समयमै केरा विक्रि नहुदा केरामा रोग फैलिएर सबै केरा नष्ट भएको थियो । नेपाली केरा खेतमै कुहिनुको एक मात्र कारण भारतीय केरा सहज रुपमा भित्रनु भएको बताउदै किसानहरुले कुनै हालतमा भारतिय केरा भित्रन नदिने र भित्रिएमा जफत गरिने बताएका छन् । त्यसबाट उत्पन्न परिस्थीतिको जिम्मेवार सरकार हुनुपर्ने उनिहरुको चेतावनी छ ।

    पश्चिम नवलपरासीमा करिब १८ सय बिगाहमा केरा खेती हुदै आएको छ । जिल्लाको सुस्ता र प्रतापपुरका किसानले उखुको विकल्पमा केरा खेति गर्दे आएका छन् । उक्त केरा पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । उखु विक्रि बाट समयमै पैसा नपाईने समस्याले किसानहरु विस्तारै केरा खेति तर्फ आर्कर्षित भएका हुन् तर केराले बजार नपाउदा उनिहरु चिन्तीत भएका छन् । हरेक वर्ष केरा विक्रि गर्ने समयमा बजार नपाउदा किसानले बाली लगाएको खर्च समेत उठाउन नसकेको किसानहरुको भनाई छ ।

     

     

    © 2025 krishipatra All right reserved