प्रदेशमा पशु प्राविधिक अभाव, एउटा प्राविधिकले हेर्छनः साढे ६ हजार पशु चौपाय

  • कार्यालयमा पनि हाल सम्म पनि पुर्णरुपमा दरबन्दीमा आधारित जनशक्ति परिपुर्ती हुन सकेका छैनन
  • बुटवल, भदौ ।  लुम्बिनी प्रदेशका पशु तथा कृषि क्षेत्रमा प्राविधिक जनशक्तिको चरम अभाव देखिएको छ । स्थानीय तहमा १ जना देखि २ जना मात्रै कृषि तथा पशु प्राविधिकहरुले सयौं किसान परिवारलाई सेवा दिन सहजता देखिएको छैन ।
    प्रदेश लोकसेवा मार्फत प्राविधिक जनशक्ति खटाउने भनिएको भएपनि लोक सेवा स्थापना भएको ५ बर्ष पुग्न लाग्दा कुनै पनि कृषि तथा पशुपालन क्षेत्रका जनशक्ति हाल सम्म पनि नियुक्ती हुन सकेका छैनन ।
    प्रदेश स्थापना हुँदा, समायोजन भएका आएका प्राविधिक जनशक्तिहरु प्रदेश कार्यालयका मातहतका पनि अपुग हुँदा स्थानीय तहमा भने यसको चरमा अभाव देखिएको हो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा प्रदेश सरकारका प्राविधिक कार्यालयहरु रहेका छन् । ९÷९ वटा जिल्लामा साविक जिल्ला कृषि विकास कार्यालय जस्तै गरी कृषि ज्ञान केन्द्र, साविक जिल्ला पशुसेवा कार्यालय रहेजस्तै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थपना भएका छन् भने प्यूठान जिल्ला, बर्दिया र रुकुममा एकिकृत पशुपंक्षि तथा कृषि कार्यालय स्थापना भएका छन् ।
    यद्यपी यी कार्यालयमा पनि हाल सम्म पनि पुर्णरुपमा दरबन्दीमा आधारित जनशक्ति परिपुर्ती हुन सकेका छैनन ।
    प्रदेश सरकारलेक केही समय पहिला करारमा नायव प्राविधिक सहायक(नाप्रास) नियुक्ती गरेर पठाएको भएपनि अझै पनि प्राविधिक जनशक्तिहरु अभाव देखिएको हो । लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका अनुसार प्रदेशमा हाल १ जना प्राविधिकले ७ सय २१ जना कृषक परिवारमा सेवा दिनुपर्ने बाध्याता रहेको छ । प्रति प्राविधिक पुशको संख्या भने ६ हजार ५ सय ५६ जना रहेका छन् । अर्थात १ जना प्राविधिकले साढे ६ हजार भन्दा बढि पशु पंक्षि हेर्नुपर्ने बध्याता रहेको छ ।
    निर्देशनालयका निमित्त प्रमुख डा. परवेज आलमका अनुसार हाल प्रदेश भरी जम्मा ८ सय ३६ जना मात्रै पशुप्राविधिकहरु रहेका छन् । उनका अनुसार प्रदेश सरकारको कार्याक्रम कार्यान्वनको लागि प्राप्त जनशक्ति अभाव हुँदा समस्या सृजना हुने गरेको छ । निर्देशनालय मातहतका कार्यालयहरुमा १६ वटा मा हाल १ सय ३ जना मात्रै जनशक्ति रहेको छ । जसमा २४ जना जनशक्ति रिक्त छ ।
    निमित्त निर्देशन आलम भन्छन्–‘हामी प्राविधक अभावको कारण पनि समयमा नै काम सम्पन्न गर्न सकेका छैनौ, सरकारले लिएको लक्ष्य प्राविधिक काम, प्राविधिक विना संभव छैन । ’ छिटो भन्दा छिटो प्रदेश लोकसेवाबाट प्राविधिक जनशक्ति व्यवस्थाप गर्नुपर्नेमा उनको भनाई रहेको छ ।
    निर्देशनलायमा पनि २४ जनाको जनशक्ति रहेकोमा ४ जना रिक्त छन् भने २ जना अध्यायन विदामा रहेका छन् ।
    मन्त्रालयमा मात्रै १४ जना प्राविधि जनशक्ति छ भने पशुपंक्षि निर्देशनालयमा प्राविधिक जनशक्ति जम्मा १५ जना रहेका छन् । यस्तै विज्ञ केन्द्र रुपन्देहीमा १० जना, पाल्पामा ७ जना, कपिलवस्तुमा १० जना, दाङमा ९ जना रोल्पामा ५ जना, कुखुरा विकास र्फामा ५ जना, पशु सेवा तालिम केन्द्रमा ६ जना, एकिकृत कार्यालय बर्दिया, प्यूठान र रुकुममा गरी जम्मा २० जना जनशक्ति रहेका छन् ।
    यस्तै स्थानीय तह १ सय ९ वटा पालिकामा जम्म ७ सय १९ जना जनशक्ति रहेका छन् । प्रदेशमा जम्मा ८ सय ३६ जना पशु सेवा प्राविधिकहरुल काम चलाई रहेका हुन । कर्मचारी अभावको कारण कार्यासम्पादमा असर परेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख डा. दिपक भुषाल बताउँछन् । उनका अनुसार १५ जना दरबन्दी रहेकोका हाल ३ जना करारमा नियुक्ती भएर काम गरिरहेको बताउँछन् । दरवन्दी बाहेक १ कर्जा सहजकर्ता, १ पशु चिकित्सक र १ ईन्जिनियर गरी जम्मा ३ जना करारमा रहेको उनको भनाई रहेको छ ।

    © 2025 krishipatra All right reserved