बैकल्पीक व्यवस्था नभएसम्म व्यवसायी विस्तापित हुदैनन्ः मेयर पाण्डेय

बुटवल, भदौ । वि.स. २०६७ सालमा स्थापना भएको बुटवल कृषि उपज थोक बजार केन्द्र १२ औं बर्षमा प्रवेश गरेको छ । १२ औं बर्ष प्रवेशको अवसमा कृषि बजार सञ्चालक समितिले पुर्व सञ्चालक समिति सदस्य, संस्थापक सञ्चालक, कर्मचारी तथा सरोकारवालाहरुलाई सम्मान गरेको छ ।
स्थापना दिवस मुल समरोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तत्काल अहिले रहेको स्थापनाबाट अर्को बिकल्प नहुँदा सम्म व्यवसायीलाई विस्तापित नगर्ने बताएका छन् । उनले हाल बुटवल कृषि उपज थोक बजार सञ्चालन भैरहेको स्थान बुटवल–६ पुरानो बसपार्कबाट अर्को बैकल्पीक व्यवस्थापन नहुँदा सम्म व्यवसायीहरु विस्तापित नहुने र आफुले विस्तापनको काम नगर्ने बताएका हुन ।
हाल सञ्चालन भैरहेको बजार क्षेत्र सानो र साँघुरो भएको महसुस स्थानीय तहले गरेको भन्दै उनले यसको लागि बुटवल–१५ मा आधुनिक व्यवस्थीत कोल्डस्टोर सहितको कृषि बजार स्थापना गर्नको लागि पहल जारी रहेको बताए ।
आधुनिक कृषि उपज स्थापनाको लागि जग्गा प्राप्ती गर्नको लागि वन को जग्गा रहेको कारण समस्या भएको भन्दै उनले जग्गा प्राप्तीको लागि वन कार्यालय, मालपोत तथा अन्य निकायबाट आवश्यक सहयोग समेत नभएको बताए ।
जग्गा प्राप्ती हुन साथ काम अगाडी बढ्ने भन्दै उनले यसको लागि दातृ निकायको सहयोगमा बजार स्थापना गर्ने योजना रहेको भन्दै उनले यसको लागि सबैको साझा सहयोग आवश्यक रहेको समेत बताएका हुन ।


मेयर पाण्डेयले भने–‘जग्गा प्राप्ती हुन साथ यसको काम अगाडी बढ्छ, हामी बुटवल–१५ मा आधुनिक, सुविधा सम्पन्न, कोल्डस्टोर सहितको कृषि उपज केन्द्र निर्माण गर्नेछौ ।’
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रा देवी अर्यालले कृषिको विकास लागि सबै का विचमा संमन्वय तथा सहकार्य आवश्यक रहेको भन्दै नगरपालिका यसा कुनै पनि कसु कमी नराख्ने बताएकी थिईन ।
कार्यक्रममा नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास निर्देशनालय का पुर्वाधार विकास निर्देशनालय निर्देशक महेन्द्र नारायण पौडेल, लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटा, संघीय मन्त्रालयका कृषि विभाग बरिष्ठ अर्थ विज्ञ शुनिल सिंह लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम कृषि बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल(गोपाल)को अध्यक्षता सञ्चालक समिति सदस्य भिमकान्त पन्थीको स्वागत तथा व्यवस्थापक राम बहादुर खत्रीको सञ्चालनमा भएको थियो ।
सोही कार्यक्रममा मानव सेवा आश्रम बुटवललाई सामाजिक उत्तरदायित्व अन्र्तगत सञ्चालक समितिले २५ हजार रुपैयाँ सहयोग गरेका थियो । संस्थापक सदस्य, पुर्व अध्यक्ष, व्यवसायीहरु, कर्मचारीहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको हो ।

© 2025 krishipatra All right reserved